Wednesday 21st October 2026

बधूशिक्षा भानुभक्तको -हरि शर्मा (सुबेदी)


~बधूशिक्षा भानुभक्तको ~
छन्द: तोटक
IIS IIS IIS IIS
सलगा सलगा सलगा सलगा

अति सुन्दर शान्त महान तिमी ।
कति सज्जनको मन भित्र तिमी । १ ।

कविका बनका कविता सरिता ।
बिचमा नडुबी नहुने अब ता । २ ।

नबसी घरमा त गजाधरको ।
अलि पल्तिरको घरमा किन हो । ३ ।

दुलही सहिनन अतिथी घरको ।
मनमा दुबिधा अति भो उनको । ४ ।

कविको गरिछन अपमान कसरी ।
त्यस निम्ति बधू उपदेश त्यसरी । ५ ।

जति छन कविका रसिला कविता ।
झरिला भरिला उनका कृति ता । ६ ।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...