Saturday 10th October 2026

कविता:-च्यातिएको मन -राम भण्डारी


“च्यातिएको मन”
-राम भण्डारी

पीडा पछिको खुसी क्षणभरमै बिलाएर गयो ।
सल्किएको झिल्कोमा पानी मिलाएर गयो ।।

प्लेन भाडा तेब्बर किन माहामारीको बेलामा ।
गलत के गर्यौं र परदेशी लाई राख्यौ हेलामा ।।

राहत खोई सरकार के सबैतिर फाईदै चाहिने ?
पैसाकै बलमा मात्रै आफ्नो देश फर्किन पाईने ?

पहिला को दैविक विपत्तिमा हाम्रै सहयोग लियौ ।
अहिले तिम्रो शख्त जरुरी छ,तर मुख मोडिदियौ ।।

धनको लोभमा पर्यौ, गलत मोह कस्ले सिकायो ?
मौका यहि हो भनिकन कमाउने खेल बिछ्यायो ।।

धन लाभ गर्न, सरकार! कोरोनाको दबाई बनाऊ ।
बिनम्र अनुरोध,गहिरो चोटमा नुन-चुक नलगाऊ ।।

गर्जो टार्न परदेश लागियो धितोमा कर्जा लिएर ।
भए यथेष्ट अर्थ पोल्टामा,बस्थ्यौं किन आँसु पिएर ।।

के गरिब हुनु अभिशाप हो? धनि हुनु बरदान ।
परदेशीनु बाध्यता रह्यो, अभाव भयो बलबान ।।

बिर्स्यौ गुन, हाम्रो खाँचो अब कहिले नपर्ला र ?
दुःखी पीडित परदेशी निचोरेर तेलै के झर्ला र ?

सबका आशाका केन्द्रबिन्दु तिमी मात्रै थियौ ।
निसास्सिएका मनहरुलाई किन धोका दियौ ।।

पुराना भए गलैंचाहरु खोजी खोजी फेरिदिने ?
च्यातिएको मनहरु कसले कहिलेसम्म हेरिदिने ?


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...