Monday 29th June 2026

कविता:- रुन्चे हाँसो -राम भण्डारी


‘रुन्चे हाँसो’

चाहना महिनौ देखिको झिसमिसे मै खुसी रोपियो ।
आफ्नो गन्तव्यमा पुग्ने सपना पुरा हुँदैछन् देखियो ।।

झर्दै नेपाली भूमिमा असिम खुसी झल्कियो ।
जिज्ञासा प्रस्टै थियो मुहारमा रुन्चे हाँसो टल्कियो ।।

आएँ जितेर मृत्युलाई, सम्झिंदा ममताको आगो सल्कियो ।
दृश्य यो आगमनले आँखामा खुसीको सागर छल्कियो ।।

सुरुवात राम्रो,रोकिनु हुन्न अब,पहिले जे भयो भैसक्यो ।
परदेशी जति छन् दुःखमा रहेका फेरि लिन गैसक्यो ।।

बेखर्ची,असक्त असहाय पालैपालो आउनुहोस ।
फर्की मातृभुमिमा माटोको टिका लाउनुहोस् ।।

कोभिड छ सतर्क रहनु होसियार,आएका जति बेस भो ।
मिलाइ उपयोग गरौं जे जे हाम्रो श्रोत साधन छ देशको ।।

फेद टुप्पो केहि पत्तो छैन, कस्तो अधर्मी सल्कियो ।
गलत के भो यो धरतीमा, किन काल पल्कियो ।।

कसरी हाँस्न सकिन्छ यहाँ हाम्रो देशै रोएको बेला ।
नेपाली दाजुभाई एक अर्का माथि नगरौं है हेलाँ ।।

फूलबारीमा फूल झैं मुस्कुराउँदै खुलेर बसौ ।
एउटै धागोको माला झै उनिएर मिलेर बसौं ।।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...