Friday 30th October 2026

रुकुम पश्चिममा जिप दुर्घटना, २ जनाको मृत्यु


रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा जिप चालक सुन्दर खड्का मगर र १६ वर्षीया प्रेमकला पुन रहेका छन्।

प्रहरीका अनुसार कोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनाका बेला जिपमा चालकसहित १३ जना सवार थिए।

घाइतेमध्ये दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत प्रादेशिक अस्पताल लगिएको छ भने अन्य घाइतेको सिम्लीस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। थप दुई जनाको हवाई उद्धारको तयारी पनि गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

प्रतिकृयाहरू
...