Tuesday 27th October 2026

इन्डोनेसियामा २४० भन्दा बढी यात्रु बोकेको पानीजहाज सम्पर्कविहीन, खोजी जारी


इन्डोनेसियामा २४१ यात्रु बोकेको भिर्गो ट्रान्सपोर्ट ८ नामक जहाज जाभा सागरमा यात्रा गरिरहेका बेला खराब माैसमका सम्पर्कविहीन भएको छ।

यो जहाज पूर्वी जाभाको सुराबाया शहरबाट दक्षिण कालिमान्तानको बान्जारमासिन तर्फ जाँदै थियो। यात्रा क्रममा जहाजसँगको सञ्चार सम्पर्क अचानक टुटेको बताइएको छ।

अधिकारीहरूका अनुसार जहाजको अन्तिम स्थान बान्जारमासिन बन्दरगाहबाट करिब १४८ किलोमिटर टाढा जाभा सागरमा रहेको थियो। खराब मौसमका कारण समस्या भएको हुन सक्ने अनुमान गरिएको छ।

घटनापछि उद्धार टोली तत्काल परिचालन गरिएको छ र जहाजको खोजी कार्य जारी छ। हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।

उद्धार अधिकारीहरूले यात्रु र जहाजको अवस्थाबारे थप जानकारी संकलन गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...