Tuesday 6th October 2026

स्वीडेनमा चुनाव: सत्ता कसले पाउने भन्नेमा कडा प्रतिस्पर्धा


स्वीडेनमा आइतबार आम निर्वाचनका लागि मतदान भएको छ। यस चुनावमा वर्तमान प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन र पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डर्सन नेतृत्वको विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

मतदानपछि एन्डर्सनले स्वीडेनी जनताले देशको भविष्य तय गर्ने बताएकी छन्। उनले आफ्नो गठबन्धन विजयी भए जनकल्याणका कार्यक्रम विस्तार गर्ने र महँगीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने वाचा गरेकी छन्।

यता प्रधानमन्त्री क्रिस्टर्सन दोस्रो कार्यकालका लागि मैदानमा छन्। उनले अपराध नियन्त्रण, आप्रवासन व्यवस्थापन र जनताको जीवनस्तर सुधारलाई मुख्य एजेन्डा बनाएका छन्।

यस चुनावमा दक्षिणपन्थी स्विडेन डेमोक्र्याट्स पार्टी पनि चर्चामा छ। यदि दक्षिणपन्थी गठबन्धनले बहुमत ल्यायो भने यो पार्टी पहिलो पटक सरकारमा प्रत्यक्ष सहभागी हुन सक्छ।

स्वीडेनमा करिब ८० लाख मतदाता रहेका छन्। मतदान सकिएपछि मतगणना सुरु गरिएको छ र नतिजातर्फ सबैको चासो केन्द्रित भएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...