Tuesday 27th October 2026

स्वीडेनमा चुनाव: सत्ता कसले पाउने भन्नेमा कडा प्रतिस्पर्धा


स्वीडेनमा आइतबार आम निर्वाचनका लागि मतदान भएको छ। यस चुनावमा वर्तमान प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन र पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डर्सन नेतृत्वको विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

मतदानपछि एन्डर्सनले स्वीडेनी जनताले देशको भविष्य तय गर्ने बताएकी छन्। उनले आफ्नो गठबन्धन विजयी भए जनकल्याणका कार्यक्रम विस्तार गर्ने र महँगीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने वाचा गरेकी छन्।

यता प्रधानमन्त्री क्रिस्टर्सन दोस्रो कार्यकालका लागि मैदानमा छन्। उनले अपराध नियन्त्रण, आप्रवासन व्यवस्थापन र जनताको जीवनस्तर सुधारलाई मुख्य एजेन्डा बनाएका छन्।

यस चुनावमा दक्षिणपन्थी स्विडेन डेमोक्र्याट्स पार्टी पनि चर्चामा छ। यदि दक्षिणपन्थी गठबन्धनले बहुमत ल्यायो भने यो पार्टी पहिलो पटक सरकारमा प्रत्यक्ष सहभागी हुन सक्छ।

स्वीडेनमा करिब ८० लाख मतदाता रहेका छन्। मतदान सकिएपछि मतगणना सुरु गरिएको छ र नतिजातर्फ सबैको चासो केन्द्रित भएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले…

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

प्रतिकृयाहरू
...