Sunday 1st November 2026

परदेशीको क्रन्दन -एस. के. चौलागाई


परदेशीको क्रन्दन
-एस. के. चौलागाई

संगै घर-परिवार सँग बस्न मलाई पनि थियो रहर ।
परदेश आको छु पैसा कमाउन, छोडी आफ्नो घर।।

बिर्सु भन्छु मन भरी साहु को रिन को पिरै छ ।
ज्यान त बसो मरु भुमी मा मन नेपाल तिरै छ।।

उडेको चरो खस्छ यहाँ ५५ डिग्रै को घाम ले ।
अरुको देशमा टिक्न, कति गार्हो छ यहाँ कामले।।

आएन छोरो भनेर बुबा आमा खुब दुखी बन्दा हुन
परदेशी छोरो यसपाली पनि घर फर्केन भन्दा हुन।।

हर पल रुन्छु अरुको ठाउँमा, काम गर्दै रातमा ।
भागेर आफ्नो घर आउँ भने पासपोर्ट छैन हातमा।।

म त परदेश आएँ अब धन कमाउन बैरागी बन्दै
घरमा साहु आएर कराउँदो हो मेरो पैसाले भन्दै।।

सिन्धुली नेपाल
हाल: मरूभूमिको देश कुवेत


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...