Sunday 4th October 2026

कविता:- “सपनाको झोला” -राम भण्डारी


“सपनाको झोला”
-राम भण्डारी

कहिले उड्ला मेरो विमान
सपना बोकेको
मलाई दृढ इच्छा छ
माटोको मिठो बासना सुंघ्ने
आफ्नै पाखा पखेरामा बेस्सरी कुद्ने ।

आजभोली भन्दै किन यसरी रोकेको
बाबाको अन्तिम ईच्छा मेरो अनुहार हेर्ने
के पुरा होला त?

उड्ने बाटोमा कोरोना भएर होकी
मलाई डर लागेको छ
कि बिसान गर्ने ठाउँमा कोभिड को डेरा छ?
मलाई तै पनि भर लागेको छ ।

आफ्नै देश फर्किदा
स्वर्ग को अनुभुति हुने
परदेश टेक्दाको जिज्ञासा जस्तै किन?
अचम्म लागेको छ ।

सानीले सम्झाइ झोला छुट्ला है
बाबुको खेलाौना भएको
अनि….अनि भन्दा भन्दै
पैसा सकियो कि फोन काटियो ।

तर सपनाको झोला अझै
भरिएको थिएन धेरै पसिना बेचियो
शरिर सुक्दै गयो यादमा घरको
मानौ शरीरमा पसिना नै सकियो ।

त्यहि आधी सपनाको झोला कसेर बसेको
पधेरामा पानी भर्ने पालो आउँछ कहिले ?
एक दिन अबस्य उड्छ मेरो विमान
बाबाको प्राण भन्दा पहिले ।

सम्पुर्ण नेपाली अडिग रहौं
कोभिड सँग लड्न
दृढ विश्वास अनि आत्मबल लिएर
आफ्नै आमाको काखमा
पसिना बगाउने अठोट गरि फर्कौं ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...