Sunday 4th October 2026

गजल -तारा अर्याल


गजल
-तारा अर्याल

ओइलिएको फुल सरि झर्नु छ एक दिन ।
थाहा छैन कहिले हो तर मर्नु छ एक दिन ।।

जन्म दिने बुवा आमा आफ्ना आफन्तहरु
नचाहेर पनि छाडी टाढा सर्नु छ एक दिन ।।

माया प्रेमको जाल झेलमा जेलिन पुगेको
जीवन सकिने एक जंघार तर्नु छ एक दिन ।।

धन सम्पती छ भनी जति घमण्ड गरे पनि
अदृश्य यो कालको शरण पर्नु छ एक दिन ।।

पञ्च तत्वको यो शरीर समय सकिना साथ
लगेर मृत्युको अंगालोमा भर्नु छ एक दिन ।।

कसैलाइ ढिलो त कसैलाइ छिटो मात्रै हो
सबैले अन्त्यको सामना गर्नु छ एकदिन ।।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...