Tuesday 13th October 2026

नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुग्यो, आज पनि थप एकको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा बिहीबार अपरान्ह सम्म कुल २६३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप  ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले कोरोना जितेर घर फर्केका छन् साथै १ जनाको मृत्यु भएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाको अनुसार बिहीबार सम्म कुल २९० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि पाल्पा घर भइ मिसन अस्पताल पाल्पामा उपचाररत ४५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु  मृत्यु भएको छ ।कोरोना संक्रमणबाट हालसम्म सिन्धुपाल्चोकका एक, बाँकेका एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाका एक र पाल्पाका एक गरी १० जनाको मृत्यु भएको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ८४ हजार १ सय ३४  र आरडीटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय ६७ र आरडीटी विधिबाट ५ हजार १ सय ८५ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म ६५ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६५ लाख ९६ हजार भन्दा बढि संक्रमित भइ ३१ लाख ८७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ८८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

प्रतिकृयाहरू
...