Monday 29th April 2024

गजल -तारा अर्याल


#गजल#
-तारा अर्याल

यो जिन्दगी देखि आफै हारेर हिडेको मान्छे म ।
आफ्ना सारा खुशी सपना मारेर हिडेको मान्छे म ।।

खुशी मेरो साथमा छैन दुख साथी हुन खोज्दा
दुख संगै आफ्नो जीवन टारेर हिडेको मान्छे म ।।

मेरो भागको सारा हाँसो मैले उसकै नाम गरि
आँसु आफ्नो भागमा पारेर हिडेको मान्छे म ।।

दुःख छोडी जान्न खुशीले साथ दिन्न कत्ति
त्यही दुःख बोकी बसाइ सारेर हिडेको मान्छे म ।।

सागर बरु सुक्ला तर आज यी परेली नओभाउदा
आँसुले आफ्नो आँखालाइ चारेर हिडेको मान्छे म ।।

हाल – मरूभूमिको देश


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...