Sunday 4th October 2026

गजल -तारा अर्याल


#गजल#
-तारा अर्याल

यो जिन्दगी देखि आफै हारेर हिडेको मान्छे म ।
आफ्ना सारा खुशी सपना मारेर हिडेको मान्छे म ।।

खुशी मेरो साथमा छैन दुख साथी हुन खोज्दा
दुख संगै आफ्नो जीवन टारेर हिडेको मान्छे म ।।

मेरो भागको सारा हाँसो मैले उसकै नाम गरि
आँसु आफ्नो भागमा पारेर हिडेको मान्छे म ।।

दुःख छोडी जान्न खुशीले साथ दिन्न कत्ति
त्यही दुःख बोकी बसाइ सारेर हिडेको मान्छे म ।।

सागर बरु सुक्ला तर आज यी परेली नओभाउदा
आँसुले आफ्नो आँखालाइ चारेर हिडेको मान्छे म ।।

हाल – मरूभूमिको देश


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...