Monday 29th April 2024

“गजल” -अमर खड्का “कालु”


“गजल”
–अमर खड्का “कालु”

कुनै दिन घर फर्केर आउँला बाँचे भने |
जिन्दगी जस्तै जिन्दगी बनाउला बाँचे भने ||

अहिले घर भित्रै बस ए! मनका मान्छेहरु
रमाउनु त छदै छ नि रमाउला बाँचे भने ||

समयले टाढा राखेर अछुत बनाएको छ
मनले के के सोचेको छ बताउँला बाँचे भने ||

महोदय,यो बिपतमा यत्ति पनि सोचेनौ हैँ ?
पछि त मुख फेरी फेरी खाउँला बाँचे भने ||

यो खतरनाक संकेत हो टाढै बसौँ हामी सबै ,
दुरी कायम गरौँला दोस्ती बढाउँला बाँचे भने ।।

हाल: कुबेत ( lockdown को समय)


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...