Monday 29th April 2024

जे हुन्छ हुन्छ -राम भण्डारी


जे हुन्छ हुन्छ
-राम भण्डारी

कसैलाइ थाहा छैन अब के हुन्छ ।
सक्छौ भने कोहि भनि देउ अब जे हुन्छ ।।

कति सहनु धैर्यताको बाँध फुट्ने पो होकी
परिणाम भोग्न तयार छौं अब जे हुन्छ ।

दैवी विपत्तिमा जुध्न बानी परेर होकी
कत्ति विचलित हुँदैनौं थाम्छौं जे जे हुन्छ ।।

एकतामा अनेकता, साहसी हाम्रो मुलमन्त्र
यसमै अडिग रहेर जुटौं जहाँ जे जे हुन्छ ।।

परदेशी पनि छिट्टो फर्क आफ्नै माटोमा
बिपत्तिको सामना गरौं जे हुन्छ हुन्छ ।।


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...