Sunday 4th October 2026

झुटो प्रेम भोग्नुपर्यो -तारा अर्याल


कसको पछि लाग्याै कुन्नी मलाई तिमीले भुलेपछी ।
बिहानीको उषाले साँझ पख सुर्यलाई भुलेपछी ।।

छुटाउन गार्‍हो हुन्छ माया प्रिती बसेपछी
नसासरि नसा नसा जिन्दगीमा डुलेपछी ।।

तिम्रो माया त आज चरी जस्तै उडि गयो
हाँसीखुसी भएको मन नदी सरि डुबी गयो ।।

चन्द्रमा छुन खोज्ने मन, पिंजडमा पर्दा आज
चोखो माया पाउने आश मुटु भरी रहिरह्यो ।।

जिन्दगी को यो यात्रामा म त एक्लो भय भय
निष्ठुरीको यादले होला आधा ज्यान सुकि गयो ।।

निर्मोहीले धोका दिई पराइ सङ्ग गयपछी
मुटुभरि ब्याथा बोकी तड्पियेर बाँच्नु पर्यो ।।

कतै गल्ति पो थियो कि आज मलाई रुनुपर्यो
उनलाइ हेर्ने परेलीलाइ आँसु बगाइ धुनुपर्यो ।।

रुवाउनु नै थियो भने हाँस्ने खेल किन गर्यौ ?
तिम्रो कारण जिन्दगीमा एक्लो यात्रा भोग्नुपर्यो ।।

तारा अर्याल
हाल – बिरानो मुलुक


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...