Sunday 4th October 2026

गजल – कृष के. सी. “किस्मत”


छिमेकी संग माग पुरा हुनुपर्छ ।
अब कुटनितीक कुरा हुनुपर्छ ।।

कालापानी लिपुलेक मात्र होइन
सिमानामा लिम्पिवाधुरा हुनुपर्छ ।।

छिमेकीले नेता किनेर देश खाने
देखेको सपना अधुरा हुनुपर्छ ।।

हामी इतिहास मात्र होइन साथी
सिमाना बचाउन सुरा हुनुपर्छ ।।

बम र बारुध संग नडराउन
नेपालीको जस्तै पाखुरा हुनुपर्छ ।।

कृष के सी
गुल्मी, तम्घास
हाल – मरुभुमिको देश


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...