Tuesday 13th October 2026

नेपालमा कोरोना संक्रमितको संख्या १४०० बाट उकालो लाग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट नेपालमा शनिबार एकैदिन थप १८९ जनामा संक्रमण पुष्टि भइ संक्रमितको कुल संख्या संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो शुक्रबार १७० जनामा संक्रमण पाइएको थियो ।

यसैगरि अहिलेसम्म निको हुनेको सङ्ख्या २१९ पुगेको छ भने शनिबार पनि दैलेखका एक ३५ वर्षीय युवकको मृत्यु हुन गइ ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ६० लाख ६३ हजार भन्दा बढि संक्रमित भइ २६ लाख ८५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ६७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...