Wednesday 30th September 2026

कतारमा एक नेपालीलाई गोली हानी मृत्युदण्ड दिइयो


तितोपाटी- कतारमा हत्या अभियोग खेपिरहेका महोत्तरी औराही १ का अनिल चौधरीलाई त्यहाँको सरकारले गोली हानी मृत्युदण्ड दिएको छ। कतारले कुनै नेपालीलाई मृत्युदण्ड दिएको पहिलो पटक हो।

चौधरीमाथि कतारी नागरिक उमैर मोहम्मद अल रमाजानी अल नुयमीको खुकुरी प्रहार गरी हत्या आरोप लागेको थियो। सन् २०१७ अप्रिल पहिलो साता पक्राउ परेका चौधरीलाई बचाउन नेपाली दुतावासले प्रयास गरिरहेको थियो।

अदालतमा चौधरीका पक्षमा मुद्धा लड्न दुतावासले करिब ६ लाख रुपैयाँ समेत खर्च गरेको थियो। तर तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले अनुमोदन गरेपछि चौधरीलाई मृत्युदण्ड दिएको हो। पीडितका परिवारले पनि चौधरीलाई माफी दिन अस्वीकार गरेका थिए।

चौधरी सन् २०१५ अगष्ट २७ तारिखमा कतार गएका थिए। उनी त्यहाँ कार सफा गर्ने कम्पनीमा कार्यरत थिए।

मृत्युदण्ड पाएका चौधरीको शवलाई हाल अस्पतालमा राखिएको र नेपाल पठाउन कतारी प्रशासनले अनुमति दिएको बताइएको छ। अदालती बयानका क्रममा चौधरीले आत्मसुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...