Wednesday 22nd July 2026

कुवेतमा कार्यरत मकवानपुरकी सुजिता थिङ ३ महिनादेखि सम्पर्कबिहिन, खोजीको लागि आग्रह


राजन श्रेष्ठ – कुवेतमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी  एक नेपाली महिला ३ महिना देखि सम्पर्क बिहिन भएकी छन् । मकवानपुर जिल्लाको आमभञ्ज्याङ-४ घर भएकी राहदानी नं. ४५०००६३ की ३७ वर्षीया सुजिता थिङ गत फेब्रुअरी ९ तारिक देखि सम्पर्क बिहिन रहेको सुजिताका नेपाल स्थित परिवारजनले जनाउँदै खोजी गरिदिन आग्रह गरेका छन् ।

सुजिताको परिवारजनले तितोपाटी डट कम लाइ जानकारी गराए अनुसार वैदेशिक रोजगारीको शिलशिलामा करिब ५ वर्ष अघि २०७२ सालमा घरेलु कामदारको रूपमा कुवेत आएकी सुजिता आफु काम गर्न गएको घरमा काम गर्न असहज भए पछि सो घरबाट भागी मासिक रूपमा कन्ट्र्याक्टमा काममा पठाउने एजेन्ट मार्फत काम गर्दै आएकोमा त्यसरी मासिक काम गर्ने शिलशिलामा सुजिता बिरामी भइ काम गर्न नसक्ने भएपछि आफैंले पैसा तिरेर डिपोर्टेसन प्रकृयाबाट नेपाल फर्कन लागेको भन्दै परिवारलाइ सम्पर्क गरेकी थिइन् ।

गत फेब्रुअरी ९ तारिख अन्तिम पटक सम्पर्क गरेदेखि अहिलेसम्म कहिँ कतैबाट परिवारसँग सम्पर्कमा नआएकोले खोजी गरिदिनको लागि कुवेत स्थित नेपाली राजदूतावास कुवेत, गैरआवासीय नेपाली संघ, कुवेतमा कृयाशिल रहेका संघ संस्थाहरू, मिडियाकर्मीहरू, सामाजिक अभियन्ताहरू लगायत सम्पुर्ण कुवेतवासी  नेपालीहरूमा सुजिताको परिवारले विनम्र अनुरोध गरेको छ ।

कुवेतमा हराएकी सुजिताको बारेमा परिवारजनबाट प्राप्त कागजात तथा सम्पूर्ण जानकारी नेपाली राजदूतावासमा पठाइ सकिएको छ। यस बारेमा नेपाली राजदूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले पासपोर्ट नं. को आधारमा स्थिति पत्ता लगाइने जानकारी दिनु भएको छ ।

फोटोमा देखिएकी सुजिता थिङलाई कुवेतमा कसैले देख्नु वा चिन्नु भएको छ भने नेपाली राजदूतावास कुवेतको हटलाइन नं-९८८६९१२१ वा कोसेली न्यूज (तितोपाटी डटकम) का सदस्यहरु वा नेपालमा नेपालमा सुजिताको आमालाइ मोवाइल नं. ९८१११८६१४५ मा सम्पर्क गरिदिनु होला।


सम्बन्धित शीर्षकहरु

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको छ।…

संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।…

प्रतिकृयाहरू
...