Wednesday 8th July 2026

चीनसँग रक्षा सुरक्षाको संझौता गरेर भारत लाई लखेटौ


तोयानाथ उपेक्षित, विषयको गंभिरतालाई विषयान्तर गर्ने उद्देश्यले शसस्त्रको एक टुकडी दार्चुला आज भोली नै पठाउन लागिएको छ । परराष्ट्र मन्त्रीले प्रदिप ज्ञावलीले दिएको यो जानकारी को अन्र्तयमा जनआक्रोष दवाउने घुमाउरो सेन्टिमेन्टको भ्रम सृजना गर्न खोजिन्दैछ ।

यो आन्दोलन सरकारको विरुद्धमा गर्नु परेको भनेर पनि बुझन चाही हुदैन । जो सरकारमा छ त्यसले प्रभावकारी कदम चाल्नु पर्दछ भन्ने समग्र आन्दोलन को मकसद हो । देश बचाउने अभियान यति उचाईमा पुग्न जरुरी छ जसका कारण सरकारलाई पनि मद्दत नै होस । आन्दोलनकारी थुन्ने, समाउने काम सरकारले छाड्न पर्दछ । कसैका दुतावासलाई सुरक्षा दिन पर्दछ भने त्यो भन्दा बाहेकको क्षेत्रमा जनताले विरोध गर्दा सरकार तर्सन हुदैन ।

हो, नेपालको सीमाना ओली सरकारका पालामा मिचिएको होईन भन्ने साँचो कुरा हो । तर भारतले मिच्दै आएको सीमानालाई बैधता दिने कुरामा हिजोका दिन देखि नै ओलीको भूमिका पनि कम छैन । राप्रपा, कांग्रेस त भारतका मतियार नै हुन । कम्युनिष्ट तुलनात्मक रुपमा बढी राष्ट्रबादी हुन्छन भन्ने आम मानिसहरुको बुझाईमा कतै न कतै घात भने हुदै आएको सास्वत सत्य पनि हो । धेरै टाढा नजाउ विगत तीन महिना पहिले भारतले नयाँ नक्सा जारी गर्दा देश व्यापी रुपमा उठेको आन्दोलन र सरकारलाई दिएको समर्थन ले केही परिणाम निकाल्न नसक्दा आज सडकको औपचारिक उदघाटन भएको हो भन्ने कुरा कसैले नर्कान सक्दैन । खबरदारी नगर्नु र आन्दोलन साम्य हुदै गए पछि सरकार ढुक्क मानेर बस्नु नै जनताप्रतिको घात वा धोका हो ? किन चुक्यो सरकार यतिका दिन सम्म ? एउटा आफ्नो तर्फबाट नक्सा समेत जारी नगरेर भूमि नै फिर्ता ल्याउछौ भनेको खोई ? न नक्सा, न भूमी, न बार्ता , न डिबेट, न त अन्तराष्ट्रिय हारगुहार ।

अन्तराष्ट्रियकरण गर्ने बेला भएको छैन भन्ने प्रचण्ड ले अब के भन्छन ? भारतले बाटो बनाउदैछ भनेर सरकारलाई जानकारी थियो भन्ने परराष्ट्र मन्त्रीले के हेरेर बसे ? सवालहरु धेरै उठ्नेवाला छन । देशको सार्वभौमिकतामा नै सरकार र त्यस दलका नेताहरुको यस्तो उदासिनता भए पछि यीनीहरुलाई समर्थन गर्नेहरुले जनतालाई के भनेर लाज ढाक्ने ? सम्पूर्ण देशले एक ढिक्का भएर समर्थन गर्दा पनि अगाडी बढ्न नसक्ने हो भने सरकार लाई असक्षम भन्न पाउने की नपाउने ? हामी कराउदै गर्छौ भारतले आफ्नो उपस्थिती भौतिक रुपमा झन दहो बनाउदै लान्छ अनि अब त्यो लुटिएको भूमी फिर्ता हुन्छ होला भनेर के आधारले मान्ने ? अन्तराष्ट्रिय करण गर्न पनि डराउने , सेना लगेर राईफल सोझ्याउन पनि डराउने, नेपाल ले गर्ने कुरा लाई महत्व नै नदिने छिमेकी को मिचाहा प्रबृतीलाई रोक्ने अस्त्र के हो त ?

यहाँ यहि गंभिर आशंका छ की हाम्रा सवै दलका सव का सव नेताहरु भारतको सँस्थापन सँग विभिन्न कालखण्डमा चुकेका छन । कसैले सत्ता उसको निगाहबाट प्राप्त गरेका छन कसैले सातुसामल धोकेर बसेका छन । उनीहरु उफ्रिने वित्तिकै यी सवै पोल भारतले खोल्छ भन्ने डर छ । दरबार उडाउन सक्ने, काठमाण्डौको मुटुमा पसेर उसले चाहेको मानिसलाई गोली ले उडाउन सक्ने भारतसँग नेताहरुलाई डर छ । नेपालको व्युरोक्रयाट सवै भ्रष्ट छ, सवै दलमा रअ का मानिस भरिएका छन । कोही भारतबाट सुरक्षित छैन । पकाएर, धम्काएर, चटाएर वा चखाएर भारत नेपाली राज्य सत्ता भित्र खेल्छ र खेल्दै आएको छ । राजनैतिक दुनो सोझ्याउन र सरकारलाई बदनाम गराउन सडकमा अहिले दलका नाममा उफारेका मानिसहरुलाई थाहा छैन यो पनि एक प्रकारको नाटक मात्र हो । यस्ता नाटकहरु जुन दलले धेरै मन्चन गर्न सक्यो त्यसको बोनस चुनावमा पाईन्छ भन्ने यीनलाई थाहा छ ।

कालापानी र नालापानीका कथाहरु यसरी नै ईतिहासमा लेखिन्दै जान्छन । कमाउनेका सन्तती विदेशमा सेटल हुदै जान्छन । जनता लाई उफार्ने राजनीती सधै भईरहन्छ । सिमाना शिल गर भनेर जनता चिच्याएको कयौ बर्ष भयो अहिले भारतले कोरोना खन्याई दिदैछ । तै पनि हामी बुझदैनौ, तराईमा उसका मानिसलाई नागरिकता बाडेर फिजी बनाउन खोज्दैछ तै पनि हामी उसकै एजेन्डामा यो वा त्यो पार्टी वा अधिकार भन्दै विभाजित छौ । सके सिक्किम नसके माईक्रो मेनेजमेन्ट गर्दै जाने, नन्दी भृंगी तयार पारेर हामीलाई जुदाउदै लाने र बुख्याचा तयार पार्दै राज्य सत्तामा चढाउने र चाहे जस्तो संझौताहरुमा घुडा टेकाउदै लाने भारतको घोषित नितीको दास हुन भन्दा अब कित्ता काट गरेर चिनसँग रक्षा र सुरक्षाको संन्धि गर्दै भारतलाई नेपाल बाट लखेटिएन भने यो देशका जनता कहिल्यै पनि स्वाधिन हुने छैनन ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

अमेरिका र इरानबीच केही समयअघि कायम भएको अस्थायी युद्धविराम फेरि लगभग समाप्त भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई पुनः…

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा अब डीमा (deema) को Buy Now, Pay Later (BNPL) सेवा उपलब्ध भएको छ। यस सेवामार्फत…

प्रतिकृयाहरू
...