Wednesday 22nd July 2026

कुवेतको नेपाली समाज आममाफीमा जस्तै सधैं एक भै हिँड्न सफल होस


जयनारायण माझी थारू – सयम चक्र कति धेरै बलवान् हुदोरहेछ । कुनै कुनै बेला नसोचेको उपलब्धिहरु अचम्मैसँग हात पर्दछ । यतिखेर ठिक त्यस्तै भएको छ खाडीको राष्ट्र कुवेतमा । शुरूवातका ३ दिनसम्म कुवेतमा रहेका अवैधानिक आप्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको अस्त ब्यस्त हालत हेर्दा लाग्दथ्यो, कतै कुवेतमा रहेको कुटनैतिक नियोग नेपाली दूतावास कुवेत र गैर आवासिय नेपाली संघ कुवेत लगायत कुवेतमा रहेका क्रियाशिल संघ संस्थाहरु तथा विभिन्न पेशामा रहेका सामाजिक अभियन्ताहरू आममाफी पाएका अवैधानिक प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई धेरै भन्दा धेरै नेपाल फिर्ती पठाउनको लागि असक्षम हुन्छन् कि भनेर ? तर अन्तिम दिनसम्म आइपुग्दा यहाँ रहेको कुटनैतिक नियोग, गैर आवासिय नेपाली संघ तथा कृयाशिल नेपाली संघ संस्था एवं मिडिया कर्मीहरुको तदारुकताले कुवेत भित्र अहम छाप छोड्न सफल भएको छ ।

निरन्तर पाँच दिन देखि लगातार आफ्नो भोक प्यासको प्रवाह नगरी यहाँको संघ संस्था, गैर आवासिय नेपाली संघ तथा दूतावासले देखाएको काम काम कर्तव्य जति नै आभार सहितको धन्यवाद दिदा पनि कम हुन्छन कि जस्तो लाग्छ। कुवेत सरकारले १ अप्रील देखि दिएको आममाफिलाई विभिन्न मुलुकले सदुपयोग गरे जस्तै नेपालले पनि यहि अप्रील २६ देखि ३० सम्म अवैधानिक नेपाली आप्रवासी नागरिकलाई नेपाल फर्काउनको लागि समयावधि पाएको थियो । जुन समयावधिको युद्ध स्तरमा आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्दै आज केहि अपवाद बाहेक नेपाली राजदूतावास कुवेतबाट ट्राभल डकुमेन्ट लिएका सबै अवैधानिक नेपाली दाजुभाई तथा दिदीबहिनीलाई कुवेत सरकारले तोकिएको शिविरमा पठाउन सफल भएको छ ।

यय कार्यमा नेपाली दूतावास कुवेतका महामहिम दुर्गा प्रसाद भण्डारी ज्यूको मातहतमा रहेको कर्मचारी ज्युहरुको टिम, गैर आवसिय नेपाली संघका अध्यक्ष सुजन केसिको मातहतम रहेको सिंगो एनआरएनए टिम र विभिन्न राजनैतिक पार्टीका भातृ सङ्गठनको टिम, सामाजिक संघ संस्थाका अगुवाहरु, ब्यवसायी, समाजिक अभियन्ता, व्यापारी, मिडियाकर्मी लगायतले दिनरात नभनिकन खट्दै आएका थियो । जुन कुवेतमा रहेको नेपालीहरुमा जस्तो सुकै परिस्थिति आए पनि हरेक समस्या संग लड्न तयार रहेको र जुनसुकै समस्याको समाधान गर्न सक्षम छ भनेर प्रमाणित गरेर देखाई दिएको छ ।

आशा गरौ, आउने दिनमा पनि कुवेतमा रहेको कुटनैतिक नियोग नेपाली राजदूतावास कुवेत, गैर आवासिय नेपाली संघ लगायतका संघ, संस्था, मिडियाकर्मी, बुद्धिजिवि, व्यापारी, समाजिक अभियन्ताहरु सधै एक ढिक्का भएर अगाडि बढ्ने छन। यो कोरोनाको महामारीबाट बच्दै तत्काल शिविर भित्र गएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई छिटै नेपाल फर्काउन नेपाल सरकार सँग पहल गर्ने अपेक्षा लिएको छु।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...