Friday 24th April 2026

कुवेतमा रहेका ईलिगल नेपालीले घर जान पाउने  


तोयानाथ उपेक्षित, कुवेतमा गैह कानूनी रुपमा रहेर लुकिछिपी बसेका नेपालीहरुले नेपाल जान पाउने सम्भावना बढेको छ । यहि अप्रिल २६ देखि ३० सम्म नेपालीहरुले तोकिएको स्थानमा गएर आफ्नो नाम दर्ता गराई घर जाने तयारीमा लाग्न एनसीसी कुवेतका अध्यक्ष सुजन केसीले तितोपाटी मार्फत आह्वान पनि गर्नु भएको छ ।

अध्यक्ष केसीले भन्नुभयो यसबीचमा कुनै ठुलै प्रकारको व्यवधान आई नपरे कुवेत सरकारद्धारा दिईएको एम्नेष्टिमा कुवेतमा ईलिगल रुपमा रहेका नेपालीले घर जान पाउने निश्चित जस्तै भएको छ । उहाँले यसका लागि सरकार पनि सकरात्मक रहेको र दुतावासले कुवेतमा रहेका ईलिगलहरुको समस्यालाई समाधान गर्न गंभिर रुपमा गृहकार्य गरिरहेको बताउनु भयो ।

यसरी नै आईसीसी सदस्य अमित राईले पनि छलफल एकदमै सकरात्मक र आशावादी रहेको बताउनु भयो । उहाँले भन्नु भयो तयारी भईरहेको हामीले बुझ्यौ, शायद एक साता पहिले राजदुतावासले औपचारिक सूचना जारी गर्ला ।

कोभिड १९ ले विश्वभरीमा जस्तै कुवेतमा रहेका नेपालीहरुमा पारेको असरलाई लिएर आज विहान करिब २ घण्टा सम्म नेपाली राजदुतावासमा एनआरएनले छलफल गरेको थियो । खास गरेर कुवेत सरकारले ईलिगलहरुलाई घर जान दिएको मौका नेपालीहरुले पनि उपभोग गर्न पाउनु पर्ने भन्दै एनआरएनले विज्ञप्ति सहित दुतावासमा डेलिगेसन गएको थियो ।

एनसीसी कुवेतका अध्यक्ष सुजन केसीको नेतृत्वमा गएको उक्त टोलीमा एनआरएनका मानर्थ सदस्य सुरज मास्के, आईसीसी सदस्य अमित राई, र एनसीसी उपाध्यक्ष रानाध्वज लामा हुनुहुन्थ्यो । उहाँहरुलाई राजदुतावासले स्वागत गर्दै छलफल चलाएको बताईन्छ । दुतावासका तर्फबाट राजदुतको स्वयमको नेतृत्वमा श्रम सहचारी तथा द्वितीय सचिव सहभागी हुनुभएको थियो ।

ईलिगलहरुलाई पहिलो प्राथमिकतामा राखेर भएको छलफलमा अरु धेरै विषयहरुले प्रवेश पाएका थिए । रोजगारी गुमाएका, घर जाने तयारी गर्दा गर्दै लक डाउनमा फसेका, बेतलबी विदामा घर जान कम्पनीले भनिएका र स्वेच्छाले घर जान चाहानेहरुका विषयमा पनि छलफल भएको बताईन्छ । अर्को महिना सम्मको अवस्थालाई हेरेर उनीहरु सवैलाई घर जान पाउने बातावरण कसरी सृजना गर्न सकिन्छ भन्नेमा दुतावासले नेपाल सरकारसँग नियमित समन्वय र छलफल गरिरहको राजदुतले सहभागिहरुलाई जानकारी गराउनु भएको एनसीसीले बताएको छ ।

एम्नेष्टिकोे लाभ लिन चाहाने नेपालीहरुलाई आउदा दिनमा विस्तृत जानकारी गराउने भन्दै एनआरएनले उहाँहरुलाई ४ प्रति फोटो र नेपाली हो भनेर प्रमाण पुग्ने कागजात जे छन लिएर तयारी अवस्थामा बस्न भनेको छ । त्यसरी डिटेन्सन सेन्टरमा जादाको बखत आफ्नो व्यक्तिगत सामान रहेको झोला समेत बोक्न भनिएको छ । उक्त व्याग १५ किलो भन्दा धेरै हुन भने हुदैन । ईलिगलहरुलाई दर्ता गरिने स्थलमा नै नेपाली राजदुतावासका प्रतिनिधीहरुले कागजात प्रमाणीतको सहजीकरण गरिदिने भएकाले कसैले पनि यस एम्नेष्टिको लाभ लिन का लागि दुतावास जानु पर्ने हुदैन ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...