Wednesday 13th May 2026

कुवेतका अबैधानिक नेपालीहरुलाई एम्नेस्टिमा फर्काउ सरकार, हामी सघाउने छौं !


हरि कृष्ण न्यौपाने(कुवेत)-पसिना संग पैसा साटन कुवेत पसेका अनि बिबिध कारणबस आफ्नो स्पोन्सर छोडेर बर्षौ देखि अबैधानिक हुदै अनेक दु:ख-कस्ट भोग्दै बर्षौ सम्म परिवारबाट बिछोडिएका सम्पूर्ण आप्रबासी कामदारहरूलाई कुवेत सरकारले बिना जरिवाना घर फर्कने अबसर दिन शुरु गरिसकेको छ।एप्रिल १ तारिक देखि एप्रिल ३० तारिक सम्म सम्बन्धित मुलुक सम्म कुवेत सरकारले नि:शुल्क पुर्याइदिने र पुन: कुवेत आउन चाहनेलाइ उक्त सुबिधा पनि दिईने बताईएको छ।
एप्रिल १ तारिक देखीनै कुवेत सरकारले तोकेको समय तालिका र स्थानबाट अबैधानिक फिलिपिनो नागरिकहरुले यो सुबिधाका लागि आफ्नो नाम दर्ता गराउन शुरु गरि सकेका छन।नेपाली लगाएत अन्य केही मुलुकका अबैधानिक कामदारहरुको नाम दर्ताको लागि एप्रिल २६ तारिक देखि एप्रिल ३० तारिक सम्मको समय तालिका छुट्याइएको छ।तर बर्षौ देखि एम्नेस्टी कुरेर बसेका करिब चार देखि पाँच हजार अबैधानिक नेपाली कामदारहरुलाई भने कोरोना भाइरस प्रकोपका कारण नेपालमा १४ दिन क्वारेन्टाइन सेवा दिन नसक्ने भन्दै फर्काउन नसकिने नेपाल सरकारको निर्देशन आएको नेपाली राजदूताबासले अनौपचारिक रुपमा बताउदै आएको छ।एम्नेस्टि कहिले खुल्ला र घर जान पाईएला भनेर दिन गनेर बसेका हजारौ अबैधानिक नेपाली कामदारहरु(करिब असी प्रतिशत घरेलु महिला कामदारहरु) भने यति बेला अलमल्लमा छन ।कुवेत सरकारले समय तालिका सहित नि:शुल्क घर फर्किने अबसरको सदुपयोग गर्दै आ-आफ्नो देश फर्किन विभिन्न माध्यमबाट सबै अबैधानिक आप्रवासी कामदारहरुलाइ खबरदारी गरिरहेको छ भने नेपाली राजदूताबास कुवेतले नेपाल सरकारले कोरोनाको समयमा क्वारेन्टाइन दिन नसक्ने अनौपचारिक कुरा गर्दै एउटा प्रेश बिज्ञप्ति समेत निकाल्न सकिरहेको छैन।
यता कुवेतमा कोरोना संक्रमणका कारण लकडाउन चलिरहेको छ।सार्बजानिक बस,ट्याक्सी,कमर्शियल फ्लाइट लगाएत सपिङ मलहरु, प्राय: होटल रेस्टुरेन्ट, अफिसहरु बन्द छ भने केही अत्यावश्यक बजार-ब्यबसाय बिहान ४ बजे देखि बेलुकी ५ बजे सम्म चलेका छन।बेलुकी ५ बजे देखि बिहान ४ बजे सम्म कुवेतको इतिहासमै तेस्रो पटक अनिश्चितकालीन कर्फ्यू लगाइएको छ।यस्तो अबस्थामा पनि कुवेतले दैनिक बिश्वका विभिन्न मुलुलहरुबाट आफ्नो नागरिकलाई विशेष फ्लाइटबाट फर्काइ रहेको छ भने इजिप्ट, टुर्की लगायका विभिन्न देशले पनि आफ्ना नागरिकहरुलाई कुवेतबाट स्वदेश फर्काई रहेको छ।यसै बिच कुवेतले बिशेष फ्लाइटबाट फिलिपिन्सका ३०० जना अबैधानिक कामदारहरुलाई एप्रिल ३ तारिक फर्काएको समाचार आइसकेको छ।फिलिपिन्स दूतावास कुवेतले कुवेतमा सार्बजनिक यातायातहरु बन्द भएका कारण एम्नेस्टिमा फर्किन चाहने आफ्ना नागरिकहरुलाई कुवेतको विभिन्न स्थानहरुबाट नि:शुल्क बस सेवा उपलब्ध गराएको छ भने दूताबासबाट दिनु पर्ने सेवा कुवेत सरकारले नाम दर्ता गराउन तोकेको ठाउबाटै उपलब्ध गराउदै आएको छ।
हो,बिश्वका २०० भन्दा बढि मुलुकहरु कोरोना संत्रासमा छन भने प्राय: मुलुकहरुमा कोरोना संक्रमण नफैलिनको लागि लकडाउन गरिएको छ।हरेक देशमा संक्रमणका समयमा बाहिरबाट आउने आफ्नै देशका नागरिकहरुलाई पनि १४ दिन क्वारेन्टाइनमा राखिने गरिएको छ।नेपाल-भारतको सिमामा पनि सयौंको संख्यामा नेपालीहरु अड्किएका छन।यहि क्वारेन्टाइन ब्यबस्थापन गर्न नसक्ने बताउदै यती बेला नेपाल सरकार कुवेतमा रहेका हजारौ अबैधानिक कामदारहरुलाई एम्नेस्टिको सुबिधाबाट बन्चित गराउदै छ।यता बिश्वभर सन्जाल फैलाएको अनि नेपालीको लागि नेपाली नाराका साथ स्थापित एनआरएनए देखि कुवेतमा कृयाशिल करिब ७० वटा नेपाली संघ-संस्थाहरुले बाहिर केही बोलेका छैनन।
यहाँ ती अबैधानिक नेपाली दाजुभाई दिदीबहिनीहरुको पक्षमा को बोल्ने ? अझ केहिले त हामिले अबैधानिक बनाएका हौं र ? समेत भन्न थालेकाले घर फर्किन आतुर ती अबैधानिक नेपाली दाजुभाई दिदीबहिनीहरु बताउछन।एउटा ध्रुब सत्य कुरा के हो भने, यदि काम र दाम राम्रो अनि सुरक्षीत भएको भए कोहि पनि भागेर अरुको देशमा लुकि-लुकि बस्दैन थिए।त्यसैले अब समयमै काम गर्ने बेला आएको छ। के हामी सबै मिलेर नेपाल सरकारलाई क्वारेन्टाइन ब्यबस्थापनका लागि सहयोग गर्न सक्दैनौं ?
नेपाल सरकार तथा सरोकारवाला निकायले एक्लै क्वारेन्टाइनको ब्यबस्थापन गर्न नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमिक संघ-संगठन वा ब्यापारी, सहयोगदाताहरु खोजौं।यति पनि सकिएन भने भूकम्पका बेला करोडौं उठाए जस्तै कुवेतमा रहेका नेपाली संघ-संस्थाका अभियन्ताहरु सबै मिलि सहयोग संकलन शुरु गरौं।होइन त्यो पनि सकिएन भने एम्नेस्टिमा निशुल्क फर्कन पाउने अबैधानिक कामदारहरुलाइ प्रती ब्यक्ती ५ देखि ७ हजार नेरु खर्च होला १४ दिनको क्वारेन्टाइनमा उनीहरु स्वंयलाई तिर्न लगाँउ तर जसरि पनि उनिहरुलाई एम्नेस्टिमा पठाउ।यदि यो समयमा उनिहरु जान पाएनन भने यहाको कानुन अनुसार हरेकले केही समय जेल बस्दै कुवेतबाट मात्र नभई सबै खाडी मुलुलहरुमा कहिल्यै आउन नपाउने गरि ब्ल्याक लिस्टेट भएर देश निकाला(डिपोर्ट) हुनु पर्ने छ।त्यसैले तपाइँ हामी सबै मिलि बर्षौ देखि आफ्नाहरुसंग बिछोडिएकाहरुको पूनर्मिलनमा साथ दिउ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...