Thursday 10th September 2026

लुम्बिनी समाज कुवेतको सातौ वार्षिकउत्सव १३ मार्चमा हुने


तितोपाटी-लुम्बिनी समाज नेपाल कुवेतले आगामी १३ मार्च शुक्रबारको दिन कुवेतस्थित जिलिवको पपिन्स हलमा सातौं वार्षिकउत्सव तथा सांगितिक कार्यक्रम गर्ने भएको छ।

“सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुल नारा लिएर २०१३ मा स्थापित लुम्बिनी समाज नेपाल कुवेतले गत शुक्रबारको दिन अध्यक्ष रमेश नेपालीको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय गरेको अध्यक्ष नेपालीले जानकारी दिए ।

बिभिन्न सामाजिक गतिविधिमा सक्रिय लुम्बिनी समाजले आफ्नो वार्षिकोत्सव धुमधामले मनाउन लागेको छ ।
जिलिवको पपीन्स हलमा हुने उक्त कार्यक्रमको दिन कुवेतमा क्रियाशील संघसंस्थालाई कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन अनुरोध गरेको छ। समाजले उक्त कार्यक्रममा कुवेतमा रहेका संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवी, लुम्बिनीबासी तथा गैर लुम्बिनीबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
मिति:- १३ मार्च शुक्रबार
समय:- दिनको १२ बजे
स्थान:- पपिन्स हल (जिलिव)


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...