Tuesday 28th July 2026

हामी परदेशीको सस्तो ज्यान


बसन्त थापा- खाडीमा सस्तिएको हाम्रो शरीर कहाँ र कतिबेला समाप्त हुने हो पत्तो हुदैन।त्यस्तै विविध कारण विभिन्न किसिमका समस्यहरू लिएर हामी वैदेशिक रोजगारीको लागी विदेशीएका हामी लाहुरेहरू कहिले काही बाटो काटने क्रममा निकै अलमलमा परीरहेका हुन्छौ।

हो, यही हो मूल कारण विदेशमा दुर्घटना हुने र दुर्घटनामा परी मृत्युलाई अंगाल्ने, कथंकदाचित मृत्यु भएन भनेपनि कहिले मरिएला र नेपाल बाकसमा पठाऊलान भन्ने र तड़पिदै अस्पतालको सैयामा उद्धारको समय कुर्ने गर्छौ त्यसो त यो खाडीमा दुर्घटना पछी बाच्ने सम्भावना निकै कम मात्रमा हुने गर्दछ।

एकातिर नेपाली युवाहरुको आर्थिक स्तर माथी उठाउन वैदेशिक रोजगारीले मार्ग प्रसस्त गरेको छ भने अर्कोतिर दिनहुँ जसो  आकाशमा उडेर विदश जान्छन्  तर घर फर्किदा विभिन्न कारणले गर्दा मृत्यु भइ लासका बाकसमा फर्कीन्छन। यसरी लासका बाकस भित्रिने क्रम पनि बढेको छ । कम्पनीको काम गर्दा गर्दै दुर्घटनामा परि ज्यान गुमाउने वा सुतेकै ठाउँमा मृत्यु भएका घटनाहरु हामीले सामान्यतया जहाँ पनि सुन्ने गरेकै कुरा हो ।कुवेतमा हामीले धेरै भन्दा धेरै अकल्पनिय दुर्घटना, मृत्यु र आत्महत्याका घटना पनि हप्तै पिच्छे सुन्न थालिएको छ।

हामी नेपाली यती लापरवाही हुन्छौकी कुन दिशा तर्फ गाड़ी गुडीरहेको छ र कुन समय र कस्तो अवस्थामा बाटो काट्नु पर्छ त्यती सम्म सोच्न भ्याउदैनौ। अन्ततः त्यस्को फलस्वरूप परदेशी भूमिमै अस्ताउन्छौ यात अस्पतालमा मृत्युको बाटो कुरीरहेका हुन्छौ। त्यती मात्रै होईन अस्पतालको सैयाबाट आफ्ना आफन्तहरूलाई उद्धारको लागी गार गुहार गरीरहेका हुन्छौ। मानिसको जीवनलाई दुई दिनको जीवन भन्ने गरिएको छ । जिवन र समय धेरै महत्वपुर्ण कुरा हुन् । जिवनको महत्वलाई बुझेर हामीले क्षणिक आवेग वा मानसिक समस्यामा परेर ज्यन त्यसै खेर नफालौ।

यही नै मुख्य कुरा हामीले परदेशमा सवारी दुर्घटनाबाट ज्यान गुमाऊने मुख्य कारण देखीन्छ। अझ भन्नु पर्दा कुवेत लगायत खाडीका अन्य देशहरू संग हाम्रो कुनै पनी रहन सहन मिल्दैन।  त्यस्तो अवस्थामा हामिले हरेक समय यहाको नितीनियम हरूलाई अर्थात यहाँ गर्न हुने र गर्न नहुने क्रियाकलापको पालना गरिरहनु पर्ने हुन्छ। हामी यती बिग्न कानुनविद छौं की खाडीका नियम कानुनहरूलाई खल्तीमा राखेर, आफ्नै नियम कानुनमा परिचालित छौ। हामी खाडीका लाहुरेहरूले कहिले सोचेनौ दुर्घटनाको मुख्य कारण केहो भनेर अथवा सोचेर पनी नियम अनुरूप चल्न सकेनौ या त त्यो विषयमा अध्यन गर्ने पर्याप्त समय नभएको हो खै के कुराको कमी हो?

हामी नेपाली जुन उद्देश्य लिएर सुखद भविष्यको खोजीमा ठुलो सपना बुनेर जब यो खाडीमा आउँछाै अनी सुरु हुन्छन हाम्रा अगाडी ती चुनौतीका चांगहरू र तिनै चुनौती संग सामना गर्दागर्दै सानो गल्तिले गर्दा सपना मात्रै होईन आफू स्वयं सदाको लागी अस्ताएर जान्छौ।

हामी कार्यरत देशको बारेमा राम्रो जानकारी हुनु पर्छ । देशको भाषा संस्कृति, रहन सहन, चालचलन, रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी हुन ज़रूरी छ। पछिल्लो समयमा दुर्घटना निकै बढ़दो छ। परदेश आएर अकालमै विभिन्न कारणले युवा उमेरमा नेपालीहरूको मृत्यु हुने गरेको छ।

हामी यती सम्म सोच्न नसक्नेहरूले अरु कसरी सोच्ने? हाम्रो लागी हाम्रा आफन्तहरूले पर्खीरहेका छन भनेर हाम्रो लागी कोही बाटो कुरीरहेको छ भनेर। हामीले त्यो बाटो कुरेर बसीरहनेको लागि भएपनि निती नियमको पालना गर्नुपर्ने हुन्छ। बाटो काटन हतार नगरौ पैदल यात्रा गर्ने क्रममा अघीपछी हेरेर यात्राको सुरूवात गरौ ।आफुपनि दुर्घटना हुनबाट बचौ र अरुलाई पनि बचाउँ। पाईला पाईलामा जोखिम रहेको यस मरुभूमिमा हामीले सुरक्षित पैदल यात्रा गर्न अती आवश्यक रहन्छ अनी मात्र दुर्घटना हुनबाट हामी बाच्न सक्छौ । त्यसैले हामीले हाम्रा नियम भन्दा पनी हामी कार्यरत देशका नितीनियम हरूलाई आत्मसाथ गर्दै तोकिएका नियमको पालना गरौ र अमुल्य जिवनको रक्षा गरौ। वास्तवमै जिवन एउटा सुन्दर फूल हो । यो फूललाइ कसरी सजाउने, हुर्काउने अनि बढाउने हामी आफैंमा भर पर्छ ।


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...