Monday 13th May 2024

झापाली समाज कुवेतले झापामा पोलिटेक्निक कलेज बनाउन आर्थिक सहयोग गर्यो


तितोपाटी – झापाली समाज कुवेतले झापामा पोलिटेक्निक कलेज बनाउन आर्थिक सहयोग गरेको छ ।  समाजले झापा स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठालाइ रू. ५००००।- अक्षेरूपी पचास हजार नेपाली रूपैयाँ आर्थिक सहयोग गरेको कुरा कुवेत स्थित झापाली समाज कुवेतका महासचिव गोविन्द प्रसाद तिम्सिनाले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालय,शिवसताक्षी ११ ,झापाद्वारा निर्मित गणेशमान सिंह पोलिटेक्निक ईञ्जिनियरिङ कलेज निर्माणार्थ झापाली समाज कुवेतले रु ५०,०००/-प्रतिष्ठानका अध्यक्ष सन्तोष मेन्याङ्बोलाइ हस्तान्तरण गरिसकिएको छ भने झापाली समाज कुवेतले अध्यक्ष लोमस कुमार बास्तोला,उपाध्यक्ष रामजी अधिकारी,सचिव प्रेम कार्की,सदस्य राम न्यौपाने र सदस्य कुमार अधिकारी लगायत सम्पुर्ण साथीहरुलाई र सहयोगको वातावरण मिलाउने शिव मेन्याङ्बो प्रति धन्यवाद र अाभार प्रकट गर्दै सामाजिक सेवामा सदा यसरी नै अघि बढ्ने जनाएको छ।

स्मरण रहोस, विगत ६ वर्षदेखि कुवेतमा कृयाशिल झापाली समाज कुवेतले समाजमा आवद्ध सदस्यहरूको आर्थिक उन्नती तथा जिल्लाको विकासको लागि विभिन्न सहयोग र सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ भने कर्मभूमिमा पनि विभिन्न नेपाली माैलिक पर्वहरू समेत मनाउदै सम्पुर्ण झापालीहरूलाइ एकिकृत गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले…

एजेन्सि-रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।…

प्रतिकृयाहरू
...