Monday 28th September 2026

जीवन बनाउँछु भन्दै साग त्यागेर कतारमा


तितोपाटी- १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने एथलेटिक्सकी खेलाडी बन्द प्रशिक्षणबाट भागेकी छन् ।

विभागीय टिम आर्मीबाट खेल्दै आएकी खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर विदे्श गएको एथलेटिक्सका प्रशिक्षक चन्द गुरुङले खुलाएका छन् ।सागको मुखैमा मेडल ल्याउने सम्भावना भएकी खेलाडी भाग्दा नेपाली एथलेटिक्सले घाटा हुनसक्ने प्रशिक्षक गुरुङले बताए ।

उनी ४ सय मिटरको दौड र ४ सय मिटर हर्डलमा नेपालको प्रतिनिधित्व गर्दै थिइन् ।बिहीबार खेलाडीले होटल छाडेको प्रशिक्षक गुुरुङले बताए । ‘आफ्नो जीवन बनाउँछु भन्दै अन्य खेलाडीहरुलाई म्यासेज गरेको रहेछ,’ प्रशिक्षक गुरुङले भने,‘हिजो (बिहीबार) बिहान नौ बजे एयरपोर्ट भित्र प्रवेश गरेको रहेछ ।’

बिहीबार बिहान भेटघाटका लागि भनेर निस्किएकी उनी कतार गएको प्रशिक्षक गुरुङले अन्य खेलाडीमार्फत जानकारी पाएको र मौखिक रुपमै संघलाई हिजै जानकारी गराइसकेको बताएका छन् ।सागको औपचारिक उद्घाटन आईतबार हुदैछ । तर एथ्लेटिक्समा नेपालको चुनौती पेश गर्ने खेलाडी भने तीन दिन अघि बन्द प्रशिक्षणबाट भागेर कतार हिँडेकी हुन् ।उनी मेडल ल्याउने सम्भावित खेलाडी थिइन्,’ प्रशिक्षकले भने, ‘हामीले हरेक विधामा दुई जना खेलाडीलाई प्रशिक्षणमा राखेका थियौं । अब उनको स्थानमा अर्को खेलाडी खेल्नेछ ।’

सागमा एथलेटिक्सका खेलहरु सोमबार देखि शुरु हुँदैछन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...