Wednesday 28th October 2026

जीवन बनाउँछु भन्दै साग त्यागेर कतारमा


तितोपाटी- १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने एथलेटिक्सकी खेलाडी बन्द प्रशिक्षणबाट भागेकी छन् ।

विभागीय टिम आर्मीबाट खेल्दै आएकी खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर विदे्श गएको एथलेटिक्सका प्रशिक्षक चन्द गुरुङले खुलाएका छन् ।सागको मुखैमा मेडल ल्याउने सम्भावना भएकी खेलाडी भाग्दा नेपाली एथलेटिक्सले घाटा हुनसक्ने प्रशिक्षक गुरुङले बताए ।

उनी ४ सय मिटरको दौड र ४ सय मिटर हर्डलमा नेपालको प्रतिनिधित्व गर्दै थिइन् ।बिहीबार खेलाडीले होटल छाडेको प्रशिक्षक गुुरुङले बताए । ‘आफ्नो जीवन बनाउँछु भन्दै अन्य खेलाडीहरुलाई म्यासेज गरेको रहेछ,’ प्रशिक्षक गुरुङले भने,‘हिजो (बिहीबार) बिहान नौ बजे एयरपोर्ट भित्र प्रवेश गरेको रहेछ ।’

बिहीबार बिहान भेटघाटका लागि भनेर निस्किएकी उनी कतार गएको प्रशिक्षक गुरुङले अन्य खेलाडीमार्फत जानकारी पाएको र मौखिक रुपमै संघलाई हिजै जानकारी गराइसकेको बताएका छन् ।सागको औपचारिक उद्घाटन आईतबार हुदैछ । तर एथ्लेटिक्समा नेपालको चुनौती पेश गर्ने खेलाडी भने तीन दिन अघि बन्द प्रशिक्षणबाट भागेर कतार हिँडेकी हुन् ।उनी मेडल ल्याउने सम्भावित खेलाडी थिइन्,’ प्रशिक्षकले भने, ‘हामीले हरेक विधामा दुई जना खेलाडीलाई प्रशिक्षणमा राखेका थियौं । अब उनको स्थानमा अर्को खेलाडी खेल्नेछ ।’

सागमा एथलेटिक्सका खेलहरु सोमबार देखि शुरु हुँदैछन् ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...