Monday 7th September 2026

कालापानी हाम्रो भनि बोल्न डराउनेहरु -राम बस्नेत


लिपुलेक कालापानी हाम्रो भनि बोल्न डराउनेहरु
देशभक्तिको ठुला कुरा गरि देश बेचेका कुरा खोल्न डराउनेहरु
सधै देश बेच्ने सोची भाषणमा देशप्रेमी भनि कराउनेहरु ।।।

खिया लागेका खुकुरी उदाई तिम्रै गर्दन छिनिनेछन्
आफ्नै नेता काटी गोर्खाली फेरी चिनिनेछन्
देश बेच्ने दलालका टाउका टुडीखेलमा गिनिने छन् ।।।

कसरी भुल्यो हाम्रो इतिहास पुर्खाको नाक काट्दै छौ
देश भित्र भित्रै बेची जनतालाइ ढाट्दै छौ
लाज पचेका देशद्रोही अझै देश बेच्न आँटेका छौ ।।।

मिचिएको सिमामा रोएका जनता तिमीहरु यक्लै हास्दैछौ
के यहि हो समृद्ध नेपाल भाषण मात्र छाट्दैछौ
आफ्नै देशको जमिन बेची पैसामा आमा साट्दैछौ ।।।

हिजो टनकपुर बेच्याै महाकाली बेच्याै आज लिपुलेख र कालापानी
हामी अब यसै बस्ने छैनौ तिमीहरुको चरित्र जानी जानी ।।

उठ जाग नौजवान हो आफ्नै देश बचाउन
नेताहरुले हाम्रै धर्ति बेची सक्न लागे हामीले पर्छ सच्याउन ।।

उठ जाग नौजवान हो आफ्नै देश बचाउन
उठ जाग नौजवान हो आफ्नै देश बचाउन ।।

राम बस्नेत
रेसुङ्गा नगरपालिका – १०, गुल्मी
हालः कुवेत


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...