Monday 28th September 2026

गजल -अमर खड्का


सहनै नसक्ने अत्यचार सहनु परेको छ ।
सिमाना मिचिन्छ बारम्बार सहनु परेको छ ।

लिपुलेक लिम्पियाधुरा हराउदैछ नक्साबाट
न हुदा गतिलो सरकार सहनु परेको छ ।

दुश्मनहरुले आमाको छातिमा परेट खेलेको
छोरा नै भएर हो गद्दार सहनु परेको छ ।

सायद द्रव्यको पट्टीछ,मुख खुल्दैन उहाँको
यता दु:ख्छ मुटु लगातार सहनु परेको छ ।

बोल्नुस महोदय अतीभो तापाईको मौनता
सदियौ देखि दक्षिणको प्रहार सहनु परेको छ ।

अ्मर खडका
हाल: कुबेत


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...