Monday 14th September 2026

विदेशबाट फर्केर कृषि उधम गर्दै वार्षिक डेढ करोड आम्दानी


तितोपाटी-मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताएकी छिन । रु एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उनले वार्षिक रु दुई करोडसम्म आम्दानी गर्ने लक्ष्य राखेकी छिन । उनले एक वर्ष अगाडि अनु एकीकृत कृषि फार्म दर्ता गरेर लोकल जातका कुखुरा, माछा, बङ्गुर र खसीबोका पालेका छिन । उनको फार्मले आम्दानी दिन शुरु गरिसकेको छ । फार्ममा हाल करीब दुई हजार पाँच सय लोकल कुखुरा, ३० वटा जती ब्याउने अबस्थामा रहेको पोथी बङ्गुर, माछा र खसीबोका छन् ।

उनले पालेका २८ पोथी बंगरले जन्माएका करिब एक हजार पाँच सय बंगुरका बच्चा बिक्रीबाट करिब रु।९० लाख आम्दानी भएको उनले बताइन। एउटा पोथी बंगुरले एक बर्षमा करिब ५० बच्चा जन्माउने र एउटा बच्चा रु। आठ हजारसम्म बिक्री भइरहेको उनले जानकारी दिइन।

त्यसैगरी उनले पालेका लोकल कुखुराले पनि आम्दानी दिइसकेका उनको भनाई छ । माछा बजारमा लैजान तयारी अबस्थामा रहेका उनले बताइन । पोखरीमा ३५ हजार माछा रहेकामा कम्तीमा ३० हजार किलो माछा बेच्न सकिने लक्ष्य उनको छ । माछाबाट करीब रु १० लाख आम्दानी हुने अनुमान उनको छ । प्रत्येक छ महीनामा माछा झिक्न सकिने उनी बताउछिन । खसीबोकाका लागि भने अझ केही समय लाग्ने अनिताले जानकारी दिइन। तिहार लगत्तै माछा बजारमा लैजाने तयारी रहेको र माछाबाट करिब रु। १५ लाख आम्दानी हुने उनले बताइन । सबै गरेर एक बर्षको आम्दानी करिब रु डेढ करोड हुने उनको दाबी छ ।

दाजुहरु अलग बसिसकेका, दिदीबहिनीको विवाह भइसकेकाले एक्लैले बाबुआमा र परिवारको जिम्मेवारी सम्हालेर परिवारको समेत सहयोगबिना अनिताले विदेशको रु एक लाख ५० हजारको तलब छाडेर स्वदेशमै कृषि फार्म दर्ता गरी पशुपक्षी पालिररहेका छन। सानै उमेरमा नै घर त्यागेर तत्कालीन माओवादी सेनामा लागेकी २६ वर्षीया उनी शान्ति सम्झौता र सेना समायोजन पश्चात दुबई प्रहरीमा पाँच वर्ष काम गरेर आम्दानी गरेको रु एक करोड कृषिमा लगानी गर्ने सोचले एक वर्ष अगाडि नेपाल फर्केकी हुन ।

उनले भनिन ,“त्यहाँ लगानी जम्मा नहुञ्जेलसम्म काम गरेँ, आफूसँग गाँउमा नै काम गर्न लगानी भएपछि कृषि गर्छु भनेर फर्केकी हुँ, कृषिमा लगानी गरेमा लगानी उठ्नेमात्र होइन, मनग्य आम्दानी हुने रहेछ ।” उनले १० कट्ठा आफ्नै तथा १० कट्ठा लिजमा लिएर एक बिघा जमीनमा एक वर्षअघि कृषि फार्म शुरु गरेकी हुन । उनको फार्ममा एक व्यवस्थापकसहित तीन कर्मचारी छन् । व्यवस्थापनका लागि समय मिलेसम्म आफैँ खटिने गरेको र कर्मचारीबाहेक समय समयमा अन्य व्यक्तिबाट पनि काम लिने गरेको उनकोे भनाइ छ । नजिकै सुकुम्वासी बस्ती रहेका कारण कामदारको अभाव नहुने उनी बताउछिन । अहिले व्यवसायले सन्तुष्टि दिइरहेको र अझै बढाएर यही पेशालाई निरन्तरता दिने उनको सोच छ । यो खबर नारायणी अनलाईन मा अन्न्जली थापाले लेखेकी छिन।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...