Thursday 27th August 2026

अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा छत्र सुब्बा निर्वाचित


तितोपाटी- प्रवासमा रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज विहान सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी ओली र दिनेश पोख्रेल ,वरिष्ठ उपाध्यक्षमा दिपक खनाल, उपाध्यक्ष क्षेत्रीय संयोजक एशिया प्यासिफिक कृष्ण चापागाई, ओसियाना दिपक चुडाँल, यूरोप ललित न्यौपाने, अमेरिका मुकुन्द ढुंगाना चुनिएका छन् । यस्तै, सहसंयोजकहरुमा क्रमशः मध्यपूर्वबाट राजन कार्की, अमेरिका बादल भुजेल चुनिए ।

यसैगरि महासचिवमा खेमराज जमरकट्टेल र सदस्यहरुमा तिर्थराज कार्की, रिता थलङ र दुर्गा प्याकुरेल निर्वाचित भएको जनाईएको छ । नयाँ नेतृत्व चयन गर्न प्रमोद सिटौलाको संयोजकत्वमा रुपराज मैनाली र राजु थापा रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सम्वृद्धि झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने नाराका साथ भएको अधिबेशनको प्रदेश १ का आन्न्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।

उद्घाटनका अवसर समाजले झापाको कमल गाउँपालिकामा रहेको बाढीपीडित मिस्त्री बस्तीका ९ परिवारलाई घर, कचनकवल गाउँपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडलाई एक, एक वटा एम्बुलेन्स दिनुका साथै झापा गाउँपालिकास्थित भृकुटी आधारभूत विद्यालयमा भवन निर्माण गरि चाँवी हस्तान्तरण गरिएको थियो । आगामी वर्ष जिल्लाका विभिन्न क्षेत्रमा रु १ अर्व रुपैयाको सामाजिक काम गर्ने योजना समेत रहेको संरक्षक दिनेश पोख्रेलले वताए । अधिबेशनमा समाजमा आवद्ध दुई सय बढी प्रतिनिधि,पर्यवेक्षकको सहभागिता रहेको थियो । समाजले हालसम्म विश्वका ३४ देशमा आफना सञ्जाल विस्तार गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहले देशको इतिहासमै सबैभन्दा ठूलो लागुऔषध बरामद गरिएको घोषणा गरेका छन्।…

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा…

प्रतिकृयाहरू
...