Sunday 19th May 2024

दशैंका बेला परिवारलाई दुःखी बनाएर विदेशिदै युवा


तितोपाटी- बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्थ्यो । सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो । विमानस्थलको प्रस्थान गेटमा न्याउरो अनुहार लगाएर विदेशी जानहरु पनि फोनमा कुराकानी गर्ने व्यस्त थिए । दशैका टीका आउन केहि दिन मात्र बाकी रहेकाले होला उनीहरु खासै खुशी थिएनन ।
विमानस्थल प्रस्थान गेट बाहिर दशैंको टीकाको मुखमा विदेसिन लागेका केही श्रमिक फोनमा ‘दशैं यस्तै हो’ प्रदेशी जीवन राम्ररी चाडपर्व मनाउन भनेर फोनमार्फत परिवारसँग बिदा माग्दै थिए । यसैबिचमा विमानस्थलमा विदेसिनेको भीडमा बाग्लुङका शिवराज पौडेल भटिए ।
४ महिनाअघि वैदेशिक रोजगारीमा युएई जानका लागि राहदानी पेसेको थिए । उनले असोज १० गत १६ गते विदेश जान्नुपर्छ भनेर म्यानपावर कम्पनी बोलाएको विमानस्थलमा भेटिएको पौडलले बताएका छन् । पारिवारिक जिम्मेवारीका भएका कारण वैदेशिक रोजगारीमा जान्न बाध्य रहेको पौडलले बताए ।
‘यहि वर्ष छोरो जन्मिएको थियो । भिसा लागेका कारण पहिलो टीका लगाउन पाइन । अगाडी नी साउदी र युएई बसेर आएको हुँ,’ उनले भने, ‘ दशैँका बेला विदेसिँदा खाली निधार भयो । यो म जस्ता कति विदेशमा बसेका नेपालीहरुको पीडा हो । हामी जस्तो पेट पाल्न विदेशी जानेका लागि दशैँ–तिहार नआएकै राम्रो हुन्छ ।’
यस्तै, विमानस्थलमा भेटिएका धरानका जीवन मगर पनि दशैंको टीका आउन केही दिन बाँकी रहँदा विदेसिनु परेको बताउँछन् । परिवारसँग बसेर टीका लगाउन मन थियो । तर, मकाउको सुरक्षा गार्डका लागि भिसा आएपछि जान्न लागेको मगरले बताए । छोराछोरीले यो दशैमा सबै जान्न बसेर टीका लगाउनुपर्छ भनेका थिए । धेरै वर्ष भयो दशैंमा टीका नलगाएको । यो वर्षपनि पाइएन । दशैंको टीकाका मुखमा परिवारलाई रुवाएर विदेसिनु परेका छ,’ उनले भने, ‘हामी नेपालीको भाग्य नै यस्तै हो । देशमा रोजगारी नपाएपछि परिवार पाल्न र छोराछारी पढाउन विदेसिनुपर्ने बाध्यता छ ।’
दशैंका टीका लगाउने बेलामा विदेसिनु पर्दा नरमाइलो लागेको वैदेशिक रोजगारीमा कतार जाने विमानस्थलको गेटमा सुरक्षा जाँच गराइरहेका पोखराका लक्की श्रेष्ठले बताए । उनले भने, ‘राम्रो रोजगारीका लागि अवसर पाएका कारण टीका नलगाइ जान्न लागेको हुँ । दशैंतिहार मात्र होइन सधैँभरी परिवारसँग बसेर काम गर्ने मन थियो के गर्नु भाग्य मै अरुका देशमा पसिना बगाउन लेखेको रहेछ । दशैंका बेला परिवारलाई रुवाएर हिँडन मन थिएन ।’
दशैका मुखमा धेरैको भिसा लागेका कारण वैदेशिक रोजगारीमा पठाउनुपर्ने अवस्था भएको म्यानपावर सञ्चालक बताउँछन् । रोजगारदाता कम्पनीलाई यस्तै समयमा धेरै कामदारको आवश्यकता पर्छ त्यही भएर पठाउनुपर्ने उनीहरुको भनाई छ ।
सरकारले दशैं तिहारजस्ता महान चाडपर्वमा नेपाली श्रमिक वैदेशिक रोजगारीमा नपठाउन गरी केही दिन बिदाको व्यवस्था गर्नुपर्ने व्यवसायीको बुझाइ छ ।
नेपालमा रोजगारीका अवसर नभएका कारण दशैं तिहारमा पनि रोजगारीका लागि जान्नुपर्ने बाध्यता भएको वैदेशिक रोजगारीमा जान्न लागेका श्रमिकको गुनासो छ । चाडपर्वका बेला पनि दैनिक ४ देखि ५ सय वैदेशिक रोजगारीमा जाने गरेको विमानस्थलस्थित अध्यागमन कार्यलयले जानकारी दिएको छ ।

साभार खबर हब


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...