Friday 24th May 2024

‘वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध’


तितोपाटी-उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने कामको नेतृत्व आफूले गर्ने दावी समेत गरे। मंगलबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उनले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्याहरुलाई स्वागत गर्दै समाधान गर्न सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

तर त्यसका लागि व्यवसायीहरुले समाधानको उपायसहित समस्या लिएर सरकारसँग आउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ। आफ्ना समस्याहरु समाधानको उपायसहित लिएर सरकार कहाँ आउन म वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गर्दछु,’ उपप्रधानमन्त्री पोखरेलको भने। ती समस्या व्यवसायीसँगै बसेर समाधान गर्न सरकार प्रतिवद्ध छ।’ उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगार व्यवसायीको मनमा केही चोट परेको भए त्यसमा मलम लगाउने पनि बताए।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायीहरुको सुझावलाई सरकारले सधैं आत्मासात गर्दै अघि बढेको दावी गरे। उनले वैदेशिक रोजगार व्यवसायीहरुको धरौटीवापतको रकमबाट ब्याजको व्यवस्था गरी उनीहरुको स्वास्थ्य उपचारको समेत व्यवस्था सरकारले गरेको पनि स्मरण गराए। वैदेशिक रोजगार व्यवसाय सम्बन्धी आएको समस्याको समाधान राजनीतिक तहमा सर्वसम्मतिका आधारमा सरकारले गर्ने गरेको पनि मन्त्री विष्टको दावी छ।

मन्त्री विष्टले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन सरकारले सबै राजनीतिक दलहरुसँग पनि निरन्तर छलफल गरिरहेको बताए।

-साभार नागरिक न्युज


सम्बन्धित शीर्षकहरु

सेन्ट पिटर्सबर्ग शहरको अदालतका लागि प्रेस सेवाका अनुसार रूसी भौतिकशास्त्री अनातोली मास्लोभलाई देशद्रोहको दोषी ठहराइएको छ। मंगलबार उनलाई पेनल कालोनीमा…

कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई…

एजेन्सी-अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गरेका छन् । आक्रमणमा ४० जनाको मृत्यु भएको छ । उनीहरुले गाउँमा अन्धाधुन्ध…

प्रतिकृयाहरू
...