Tuesday 7th May 2024

संसारकै अग्लो भवन बुर्ज खालिफामा फरफरायो नेपाली झण्डा


तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ ।
चौँथो संविधान दिवस २०७६ को अवसरमा पहिलो पटक युएईको स्थानीय समय अनुसार गत शुक्रबार साझ ९ः१० बजे बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको हो । सो टावर ८ सय २३ मिटर अग्लो छ ।

आफूले जिम्मेवारी लिएदेखि युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यूएई सरकारसँग बुर्ज खलिफामा नेपालको झण्डा फहराउन आग्रह गरेका थिए । उनकै प्रयासमा युएई सरकारले बुर्ज खलिफामा झन्डा फहराउन अनुमति दिएको हो ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...