Tuesday 6th October 2026

मलेसिया रोजगारीको निर्णय भोली हुने अपेक्षा


तितोपाटी- करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीचको दोस्रो दिनको छलफल बुधबार सकिएको छ। यसको निर्णय भने भोली (शुक्रबार) सार्वजनिक गरिने बताइएको छ।

मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्राजयमा भएको संयुक्त कार्यदल (जेडब्लुज) को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो। यस क्रममा दुवै मुलुकका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए।

बैठकमा नेपाली टोलीको नेतृत्व गरेका श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले छलफलमा आ–आफ्ना धारणा राखेको नागरिकलाई टेलिफोनमार्फत जानकारी दिए। वार्तामा दुवै मुलुकका प्रतिनिधिले आफ्ना धारणा राखेका छौं। केही विषयमा सहमति नजिक पनि पुगेका छौं,’ टोली नेता घिमिरेले भने, ‘शुक्रबार निष्कर्षमा पुग्ने अपेक्षा गरेका छौं।’ बैठकमा मलेसियाको तर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयका उपसचिव बेट्टी हसनले नेतृत्व गरेका छन्।

लामो विवाद र रस्साकस्सीबीच सुरु भएको छलफलले मलेसिया रोजगारीको गाँठो फुकाउला त भन्ने चासोका रुपमा हेरिएको छ।

वार्तामा सहभागी अर्का सदस्यका अनुसार नेपाली अधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छनोट गरेका एक सय २२ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने अडान राखेका थिए। मलेसियाली टोलीले वर्षमा एकदेखि डेढ लाख कामदार आपूर्ति गर्ने मुलुकमा त्यति धेरै स्वास्थ्य संस्था नचाहिने पुरानै अडान दोहोर्यायो।

१६ महिना अघिसम्म मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३७ संस्थाले गर्थे। मन्त्रालयले ती संस्थाले स्वास्थ्य परीक्षण गर्दा सिन्डिकेट भएको भन्दै मलेसिया कामदार पठाउन रोकेको थियो। नागरिक दैनिकबाट ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...