Friday 26th June 2026

मलेसिया रोजगारी खुलाउन छलफल


तितोपाटी- मलेसियाको रोजगारी सुचारु गर्ने विषयमा भदौअन्तिम साता नेपाल र मलेसियाका प्राविधिक टोलीबीच छलफल हुने भएको छ । यसमा लागि भदौ २४ र २५ गते नेपाली टोली मलेसिया जाने भएको छ ।

कात्तिकमा भएको २ देशको श्रम समझदारीअनुसार गठन भएको मलेसिया र नेपालकोसंयुक्त प्राविधिक टोलीका सदस्यहरूबीच समस्या रहेका बिषयमा छलफल हुने छ । बैठक मलेसिया क्वालालम्पुरमा बस्ने गरी मिति तय गरी नेपाली टोलीलाई निमन्त्रण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले बताएको छ । दुई देशको प्राविधिक टोलीको बैठकमा नेपाल र मलेसियाबीच भएको श्रम सम्झदारी अनुसार तोकिएका विषयमा बाँकी रहेका समस्यालाई छलफलद्वारा टुंग्याउने योजना रहेको छ । यसअघि टोलीको बैठक काठमाडौंमा भएको थियो भने यो दोस्रो बैठक मलेसियामा हुन लागेको हो ।

श्रम समझदारीअनुसार मलेसियाले तयार गरेको स्वास्थ्य संस्थाको मापदण्डअनुसार छनोट भएका संस्थाको नाम मलेसिया पठाइसकिएको छ । यस बीचमा नेपालले मलेसियाको कलिङ भिसाको श्रम स्वीकृति खुला गरिसकेको छ । यसैगरी श्रमिकको स्वास्थ्य परीक्षण गर्ने १२२ स्वास्थ्य संस्था छनोट गरी मलेसिया पठाइसकिएको स्रोतले बताएको छ । यो बैठकले अब बाकी रहेका सबै बिषयमा छलफल गरेर मलेसिया खुल्नेबारे टुंगो लगाउने छ । मलेसियाको रोजगारीको मुख्य विषय शून्य लागत र स्वास्थ्य संस्थाकोे सिन्डिकेटको अन्त्य भएका कारण खुल्ने विषयमा मात्र निर्णय गर्न बाँकी छ । मलेसिया यसअघि नै नेपालबाट श्रमिक ल्याउने बारेमा आन्तरिक रूपमा प्रक्रिया सुरु भएको जनाएपनि प्राविधिक टोलीहरूबीच भने छलफल गर्न बाँकी रहेको थियो ।
यसैबीचमलेसिया सरकारले पनि विदेशी श्रमिक माग गर्ने नीतिगत रूपमा नै सुधार गरेर अघि बढने जनाउदै विभिन्न अध्ययन टोली गठन गरी सुझाव संकलन गरेको थियो । मलेसियाको मन्त्रिपरिषद्ले अगष्टमा गठन गरेको स्वतन्त्र समिति (एससीएफडब्लूएम)ले विदेशी कामदार नीतिलाई अद्यावधिक गर्न तयार गरेको सुझाव प्रतिवेदन त्यहाँको मानवसंशाधनमन्त्री एम. कुलासेगरनलाई बुझाइसकेको छ । यद्यपि सो सुझाव प्रतिवेदनलाई अध्ययन गरी मलेसियाले ठोस कानुन बनाएको भन्ने बिषयमा जानकारी भने गराइएको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय स्रोतअनुसार प्राविधिक टोलीले श्रम सम्झौतामा उल्लेख भएका तर समस्या रहेका बुँदामा छलफल गरी नेपाली कामदार मलेसिया जाने वातावरण तयार गर्ने बताएको छ ।

नेपालको प्रमुख श्रम गन्तब्य मलेसिया रोक्नुमा युवासँग सेवा सहित अन्य शीर्षकमा चर्को शुल्क लिनु नै मुख्य कारण रहेको सरकारी दाबी छ । सरोकारवालाले चाँडो मलेसियाको रोजगारी खुलाउन सरकारलाई दबाब दिँदै आएपनि सरकारले विभिन्न कारण देखाउँदै खुलाउन सकेको छैन । पछिल्लो पटक श्रम मन्त्रालयको जिम्मेवारी समालेपछि सेवा शुल्कको बिषयमलाई दिएर मन्त्री गोकर्ण विष्टले कडाइ गर्न थालेपछि नेपालदेखि मलेसियाको उच्च तहमा पहुँच भएका बिचौलियाले पनि चलखेल गर्दै आएका छन् । श्रमिकको सबै सेवा शुल्क रोजगारदाताले नै बेहोर्ने श्रम समझदारीमा नै उल्लेख भएपछि पनि श्रमिकको भिसा, स्वास्थ्य परीक्षण, सुरक्षा लगायतका प्रक्रियामा मलेसियाले अप्रत्यक्ष रूपमा दबाब सिर्जना गरेको कारण खुल्न नसकेको बताइन्छ । केही वैदेशिक रोजगार व्यवसायीले मलेसियाले सबै सेवा शुल्क बेहोर्ने भएपनि नेपालले अनावश्यक अडान राखी मलेसिया रोकी राख्नु उपयुक्त नभएको बताउँदै आएका छन् ।
साभार कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

प्रतिकृयाहरू
...