Friday 7th August 2026

परदेश गएका श्रीमान्‌को मृत्यपछि रोकाया परिवारको बिचल्ली


तितोपाटी- अभिभावकको मुत्यु भएपछि कैलालीस्थित रोकाया परिवार बिचल्लीमा परेको छ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिम्थरी पश्चिम खेतका ४५ वर्षीय कल्लाने रोकायाको मृत्युपछि उनको परिवारको बिचल्ली भएको हो। कल्लानेको साउन १७ गते भारतमा मुत्यु भएको थियो। घरबाट पैसा कमाउन गएको ३ दिनमा नै उनको मृत्यु भएको उनकी श्रीमती जौमतिले बताइन्। कमाइ गर्ने मुल मान्छेकै मृत्युपछि आर्थिक अवस्थाका कारण रोकाया परिवार सहयोगको याचना गरिरहेको छ। घर खर्चदेखि लिएर सबै आर्थिक पाटोको जोहो गर्ने काम कल्लानेले नै गर्दे आएका थिए।

श्रीमान्‌को मृत्युपछि सबै जिम्मेवारी श्रीमती जौमतिको काँधमा आइपरेको छ। बस्नका लागिसमेत राम्रो घर छैन। पानी आयो भने घरभित्र पानी छिर्छ। सानो झुपडीमा ३८ वर्षकी जौमति लगायत उनका ३ छोरा २ छोरी बस्दै आएका छन्।

जौमतिको पनि आफ्नै पीडा छ। आर्थिक अवस्थाका कारण खुट्टामा भएको घाउको उपचार गराउन नसक्दा हिँडडुल गर्न सक्दिनन्। करिब एक वर्षदेखि घरबाट बाहिर निस्कन पनि छोराछोरीको सहायता लिनुपर्ने बाध्यता रहेको उनले बताइन्। आफ्नी आमाका साथै साना भाइबहिनीको स्याहार १६ वर्षकी जेठी छोरी कल्पनाले गर्दै आएकी छन्। उनी जनज्योति आधारभूत विद्यालय सिम्थरीमा अध्ययन गर्दे आएकी छन्।

बिहान उठेर आमा र भाइबहिनीको स्याहार गरी १० बजे उनी विद्यालयमा पढ्न जाने गरेकी छिन्। ‘पढाइ बिग्रने हो कि भन्ने चिन्ता लाग्ने गरेको छ,’ उनी भन्छिन्, ‘बुवाको मुत्यु भएपछि त हामी बिचल्लीमा पर्‍यौं।’ सुत्नका लागि घरमा बिस्तारासमेत नभएको उनले दुखेसो पोखिन्। कल्लानेलाई कुनै रोग नलागी मुत्यु भएको परिवारका सदस्य बताउँछन्। जौमतिका परिवारलाई नजिकैबाट चिनेकी गाउँकै राधा पाण्डे भन्छिन्, ‘उनीहरुलाई अहिले ठूलो ब्रजपात परेको छ। जौमतिको अहिलेसम्म नागरिकता पनि बनेको छैन।’

यता घोडाघोडी नगरपालिका ४ का वडाध्यक्ष टेकबहादुर बुढाले जौमति परिवारलाई सक्दो सहयोग गर्ने प्रतिक्रिया दिए। नागरिकता बनाउका लागि आफूले पहल गरिरहेको उनको भनाइ छ। अब तुरुन्त वडा कमिटीको बैठक बसाएर राहतको पहल गर्ने र नगरकार्यपालिको बैठकमा थप पहल गर्ने उनले बताए। खेमराज जोशी, राधा पाण्डे, प्रकाश विनाडी र दीपक शाहले रोकाया परिवारलाई केही आर्थिक सहयोग गरेका छन्।
साभार नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...