Thursday 2nd May 2024

भ्रष्टलाई सुली नचढाउने देश उभो लाग्दैन


तोयानाथ उपेक्षित – कसैको घरमा पसेर वा खल्तीमा हात हालेर चोरी गर्ने सँग जुन प्रकारको आक्रोश रहने गर्दछ त्यस्तो आक्रोश भ्रष्टाचारीका विरुद्धमा हुने हो भने नेपालमा भ्रष्टाचार स्वतः घटने थियो तर हामी नागरिक भ्रष्टहरुलाई ती खल्तीमारा र चोर डाका भन्दा सानो अपराधी ठान्दछौ । उनीहरुले आफूलाई प्रत्यक्ष मार नपरेको ठान्छौ र त्यसप्रकारको बेईमानी र कसुरलाई कम आक्छौ । हामीले भ्रष्टहरुले कसरी समग्र देशको घाँटी निमोठि रहेका छन् भन्ने कुरामा खासै ध्यान दिदैनौ । जसको कारण भ्रष्टहरुलाई उन्मुक्ति मिलिरहेको छ ।

सरकारको मुख ताकेर र उसलाई गाली गरेर हामी पानी माथिको ओभानो बनिरहेका छौ । भ्रष्टाचार विरुद्ध उभिनु आम नागरिकको दायित्व हो भन्ने नबुझे सम्म कुनै कानून र सरकारले मात्र यसलाई रोक्न सक्छ भनेर आशा गर्नु बेकार हुन्छ । हाम्रा प्रम ले आफू भष्ट्रचार नगर्ने र अरुलाई पनि गर्न नदिने भने पनि उहाँले आफै अनुसन्धान र फैसला गर्ने होईन । यहाँ अनुसन्धान गर्ने, पक्राउ गर्ने र फैसला गर्ने सवै निकाय भ्रष्ट छन ।

अन्य अपराधमा उन्मुक्ति मिलोस नमिलोस भ्रष्टचारमा उन्मुक्ति दियो भने त्यो देश कहिले पनि उभो लाग्दैन । देश उभो नलाग्नुको मतलब नागरिक गरिब हुनु र देशको उन्नती नहुनु हो । समृद्धिको सपना बाड्ने सरकारले भष्ट्राचारी विरुद्ध कठोर नहुँदा सम्म कोरा आश्वासनले मात्र केही हुनेवाला छैन ।

भ्रष्टचार बढी हुने देशको रेटिङमा नेपाल एक सयौ पचहत्तर मुलुक मध्ये १२४ औ मा पर्दछ । यो भनेको अधिकत्तम भ्रष्टाचार हुने देश हो ।

भ्रष्टाचार आफैमा एउटा क्यान्सर हो । यसो हुनका लागि व्याक्ति मात्र दोषी छैन यसका पछाडि धेरै कारणहरु छन । जस्तो, न्याय प्रणाली प्रहरी, सार्वजनिक सेवा, भूमि प्रशासन, आयकर विभाग, सीमा शुल्क प्रशासन, सरकारी खरीद, प्राकृतिक संसाधन, विधान, नागरिक समाज । हामी नागरिकले आफ्नो कर्तव्य राम्रो सँग नबुझे सम्म भ्रष्टाचार निर्मूल होस भनेर चाहनुको कुनै तुक हुदैन । यदि भ्रष्टाचारलाई छिपाउदै जाने हो भने त्यो मुलुक गरिबीको चक्रव्युहबाट कहिले पनि निस्कन सक्दैन ।

भ्रष्टाचारीलाई फाँसी दे भनेर राजनैतिक दलहरु बेला बेलामा जनतालाई सडकमा उराल्ने गर्दछन तर अन्तराष्ट्रिय सिभिल एण्ड पोलिटिकल राईर्टस अन्र्तगत संयुक्त राष्ट्रसंघको बडापत्रमा नेपालले मृत्युदण्डको कानून बनाउने छैन भनेर हस्ताक्षर गरेको छ । उक्त संझौताबाट पछि नहटेसम्म नेपाल को संबिधान संसोधन गरेर कसैलाई मृत्युदण्ड दिने कानून बनाउन पाईदैन ।
सामान्य अपराधमा मृत्यु दण्ड दिने कानूनलाई नेपालमा सन १९४६ पछि रोक लगाएको पाईन्छ तर सन १९८५ मा त्यसमा पुन संसोधन गरेर मृत्यु दण्ड दिन सकिने कानून बनाएको र त्यस लगत्तै पुन सन १९९० मा आएर नेपालमा कुनै पनि अपराध बापत मृत्यु दण्ड नदिने भनेर संविधानमा लेखियो । दक्षिण एषियाका मुलुक नेपाल भूटान र श्रीलंकामा मृत्यु दण्ड दिने कानून छैन तर अरु ठुला छिमेकी भारत बंगलादेश, पाकिस्तानले अहिले पनि उक्त कानूनको अभ्यास गरिरहेका छन ।

गत बर्ष मात्र बेईजिङ मा ३ लाख कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोगमा सजाय दिईएको थियो । त्यस मध्ये २ लाख लाई सामान्य सजाय गरिएको थियो भने ८२ हजार लाई निक्कै कडा सजाय सुनाईएको थियो ।

नाईजेरियामा १९६० को अाजादी पछि मात्र ४ सय विलियन डलरको भ्रष्टचारको रेर्कड छ । नाईजेरियाको स्वतन्त्रता पछि त्यहाँ भ्रष्टाचार उन्मुलन गर्ने धेरै राम्रा कानून बनेका थिए तर राजनैतिक नेतृत्वले त्यसलाई रोक्ने ईच्छाशक्ति नदेखाउँदा भ्रष्टाचार अरु बढेको थियो ।

मेक्सीकोमा नागरिकहरुले आफ्नो आयको १४ प्रतिशत रकम घुस दिने गरेका छन । त्यहाा खास गरेर पानी, विजुली, शिक्षा र स्वास्थ जस्ता क्षेत्रमा भ्रष्टाचार माैलाएको छ ।

आज दुनियालाई पछाडी धकेल्ने काम भ्रष्टाचारको कारण भएको पाईन्छ । यसले रोजगारीलाई नष्ट गरिदिन्छ भने राजस्व असुलीमा कमी हुन जान्छ । सरकारी बजेटको दुरुपयोग र भ्रष्टाचारले शिक्षा र स्वास्थमा नराम्रो असर पार्दछ । भ्रष्टाचार एउटा जटिल प्रकारको क्यान्सर जस्तै हो जुन क्यान्सरले मुलुकको अस्तित्व नै नामेट पार्न सक्छ ।

आफ्नो देशको राष्ट्रिय चरित्र भ्रष्टाचार बनाउने काम मुख्यतया कर्मचारीतन्त्रबाट हुने गर्दछ । त्यसलाई रोक्ने तागत राजनैतिक ईच्छाशक्ति भएको नेताले मात्र गर्न सक्दछ । कुनै व्यवस्था दल वा कानून राम्रो बनाएर हुदैन । शुन्य शहनशिलताको सिद्धान्त लिएर तीनका विरुद्ध जबसम्म बज्र प्रहार हुन्न तव सम्म भ्रष्टचारले देशलाई धमिराले झै खाई नै रहन्छ ।

२० औ शताव्दीमा लोकतन्त्र, फाँसीवाद र साम्यवाद, प्रमुख मुद्धा थियो अहिले त्यसको ठाउँमा भ्रष्टाचार छ । शोषण र राज गर्ने तरिका बदलिएको छ । राजनैतिक सिंहासनमा बस्ने भन्दा  भ्रष्टाचारीहरु शक्तिशाली बनेका छन । उनीहरु अकुत सम्पती थुपारेर सरकारलाई आफू अनुकुल नचाउछन । २१औं शताव्दीको ठुलो मुद्धा नै भ्रष्टfचार भएको छ । यो दुनियाको सुव्यवस्थाको लागि सवै भन्दा ठुलो चुनौती भएको छ । भ्रष्टfचारले एउटा प्रतिगामी करको रुपमा काम काम गरेको हुन्छ । जसले अभिजात्य बर्गको जीवन शैलीलाई समर्थन गर्दछ ।

मध्य युगमा राजा राजौटाहरु थिए जसले राजनितीलाई धन, मान र शानका रुपमा आफ्नो बपौती सम्पती ठान्दथे । ज्वाईलाई राज्य वा गाँउ नै दान दिन सक्थे । विसौ शताब्दीमा देश, सत्ता र भूगोल नै आफ्नो ठान्ने साम्राज्यवादी तथा उपनिवेशबादी सोच अवशेषमा पुगे । तर अहिले आएर विश्व चेतनासँगै राजनैतिक स्वतन्त्रता भित्र भ्रष्टfचार मौलाउदो छ । यो शताव्दी नै भ्रष्टहरुको कव्जामा जाने देखिन्छ ।

भ्रष्टाचार विरुद्ध संसारभर प्रयास भएका पनि छन । ब्राजिलमा रहेका कमसेकम ४० नागरिक संगठनहरुले अनलाईन प्रयास मार्फत एक भ्रष्टाचारीलाई ८ बर्ष सम्म सार्वजनिक पदका लागि अयोग्य ठहरने कानून बनाउन सफल भए । भेनेजुवलामा चुनाव ताका प्रयोग गर्ने एक यस्तो एप्सको प्रयोग गरियो की सार्वजनिक पदमा लड्नेहरु विरुद्ध भ्रष्टचारमा संलग्न भए नभएको बारेमा उजुरी दिन सकिन्थ्यो ।

भ्रष्टाचार रोक्न पत्रकारहरुको भूमिका महत्वपूण हुन्छ । यो जोखिम छ तर असम्भव छैन । खोज पत्रकारिता दुनियमा रहेका भ्रष्टचारीहरुको लागि स्वभाविक दुश्मन बन्ने भएकाले यो शताव्दीमा पत्रकारहरु भ्रष्टाचारीहरूको शिकार हुनेछन ।

नेपालमा भ्रष्टाचार रोक्न कानून र सरकारको उचित प्रयास नभए पनि नागरिकले भ्रष्टचार विरुद्ध मोर्चा बन्दी गर्नै पर्दछ नत्र यहाँ कुनै वाद वा सय प्रतिशत सिट जितेर जो सत्तामा आएपनि केही हुन सक्दैन ।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...