Friday 17th May 2024

पाल्पा साहित्य समाजको आयोजनामा साहित्यकार सम्मान तथा कृति परिचर्चा कार्यक्रम सम्पन्न


नारायण कोइराला – पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन ऐतिहासिक आख्यान अस्तित्वको परिचर्चा कार्यक्रम पवित्र देवतीर्थस्थल देवघाटमा सम्पन्न भएको छ ।

पाल्पा देउराली जन्म भई हाल देवघाट बसोबास गर्दै आउनु भएका नेपाली र संस्कृत वाङ्मयका विद्वान दर्जनौं कृतिका लेखक, ९० वर्षीय नलराज शास्त्रीलाई सम्मान गर्दै प्रमुख अतिथि साहित्यकार एवं इतिहासविद प्रा.डा. कर्णबहादुर बानियाँले ,” साहित्यकार नलराज नेपालले आध्यात्मिक साहित्यको क्षेत्रमा योगदान पुराउनु भएको छ भने पाल्पा साहित्य समाजले पुराना स्रष्टाहरूको खोजी गरि उहाँहरूलाई सम्मान तथा पुराना कृतिहरूको सार्वजनिकरण गर्दै आएको छ । अथकद्वारा लिखित अस्तित्वले फेरि एकपटक पाल्पा राज्यको इतिहासलाई सरलीकृत गरेको छ ” भनी शुभकामना मन्तव्यको क्रममा बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित साहित्यकार शास्त्रीले,” पाल्पाबाट देवघाट आएर आफ्नो कर्मलाई सम्मान गरेकोमा खुशी र समाजलाई धन्यवाद प्रकट गर्दै अस्तित्व पढेपछि त्यसभित्रका विषयबस्तु र यहाँका थप विषयबस्तुहरू समेटी नयाँ कृति प्रकाशन गर्ने सोच रहेको बताउनु भयो । कार्यक्रममा साहित्यकार प्रा.डा. नारायण प्रसाद खनाल, डा. एकनारायण पौड्याल , डा. केशवराज चालिसे, प्रधुम्न चालिसे ,सावी चालिसे र चक्रशीला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद तिम्सिनाद्वारा सम्मानित व्यक्तित्व, पाल्पा साहित्य समाज र कृतिगत चर्चाका लागि शुभकामना व्यक्त गरिएको थियोे ।

कार्यक्रममा पाल्पा साहित्य समाजद्वारा प्रकाशित कृति अस्तित्व र अग्रज साहित्यकार कृष्ण प्रसाद लाकोलद्वारा लिखित कृति लगायत अन्य कृतिहरू समेत पाल्पा साहित्य समाजले उपहार प्रदान गरेको थियोे ।

पाल्पा साहित्य समाजका पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालनख/समन्वय पासासका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...