Friday 17th May 2024

चित्रमा पञ्चाङ्ग, भाग: १०८


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८१/०१/१२
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

अन्जान तिमी, तिम्रो समाएको हात प्यारो
प्रेम प्रस्ताप राख्यौ मीठा तिम्रा बात प्यारो
मन मिलेपछि एक हुन्छ शरीर पनि
लुकिछिपी लगाएको मायाको मात प्यारो
माया भन्ने अन्धो चिज अन्धोको जात प्यारो

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

विगतको सम्झनाले उस्तै याद आउने गर्छ
मनको आश्वसनले मिठो स्पर्श धाउने गर्छ
मिठा बोलीले अढाएपछि,कुरा बढाएपछि
आमाको देशको अनि तिम्रो माया लाउने गर्छ
नजिक हुँदा दिलै भित्रको गीत गाउने गर्छ ।
प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ३

पहिलो भेट्मा माया बस्ला नआऊ मेरो छेउ
थाहै नपाई दिल्मा पस्ला नअआऊ मेरो छेउ
भावना ढल्किएर विश्वास गर्न खोज्यौ र
बिछोड भई आँसु खस्ला नअआऊ मेरो छेउ
मेरो मायाजालले डस्ला नआऊ मेरो छेउ ।

सूर्य गिरी
माछापुच्छ्रे ५कास्की पोखरा ।

पञ्चाङ्ग ४

तिमीलाई अँगालो कस्न मन छ
तिम्रै न्यानो काखमा बस्न मन छ
एकान्त प्रकृतिको सुन्दातामा
मायाको मुटु भित्र पस्न मन छ
तातो तेल जिउमा घस्न मन छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ५

तिम्रो साथ पाए मैले सारा भुल्न सक्छु
सागरको छालसङ्गै विश्व डुल्न सक्छु
तिमी साथ देऊ मात्रै अरू चाहिॅदैन
तिम्रै लागि काँडा बीच पनि फुल्न सक्छु
कालो औॅसीको रातमा पनि खुल्न सक्छु ।।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ६

आउ आजको दिन एकछिन रमाउँला प्रिय
भित्रभित्रै पग्लेको मायालाई जमाउँला प्रिय
यसरी जमेर ठोस बनेको हाम्रो चोखो माया
तिम्रो यही सुकोमल हातमा थमाउँला प्रिय
जुधाइ आँखा तिम्रा हात पनि समाउँला प्रिय ।

-पशपती राई खोटाङ ।
पञ्चाङ्ग ७

समुन्द्रको तटमा बसी बात गर्न मन्छ
तिम्रै मन् मुटु भित्र पसी बात गर्न मन्छ
आउन तिमी गरी देऊ प्रेमको खुलासा
खुलेआम् अँगालोमा कसी बात गर्न मन्छ
विगतका कुरामा नफसी बात गर्न मन्छ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

सागरझैँ चोखो माया लगाएर जाऊ
कलेजीको कुना कुना जगाएर जाऊ
सयौँ जुनी सँगै बाँचौँ सँगै मरौँ सानू
पाए माग नपाएमा भगाएर जाऊ
समस्याका अग्ला चुली नगाएर जाऊ ।

चन्द्रावती अधिकारी
कोहलपुर बाँके

पञ्चाङ्ग ९

एकान्तमा भएपनि केही कुरा गरौँ हामी
झम्के साँझमा नदीको किनारमा झरौँ हामी
नदीको छालसँगै तरङ्ग दिन सिक्नुपर्छ
एउटै डुँगामा खियाएर पारि तरौँ हामी
आफ्नो काम कर्तब्य निभाइ सँगै मरौँ हामी !

सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग १०

मत बाच्न चहान्थे तिम्रो मायामा सधैँभरि
बस्न चह्य तिम्रै सित्तल छायामा सधैँभरि
विडम्बना कस्तो यो व्यवधान आइपरेको
देख्छु सुण्डमुण्ड ती दायाँ बायाँमा सधैँभरि
लाग्छ घात गर्दछन् मेरो कायामा सधैँभरि !

विवश पारदर्शी
झापा

पञ्चाङ्ग १

आँखा बन्द गरि यो तन तिमीलाई थमाउने मन छ
जीवनको हरेक मोडमा यसरी रमाउने मन छ
भरोसाको मन्दिरमा विश्वासको पुजारी मानेर तिमी
देवताको स्थानमा राखि तिमीलाई जमाउने मन छ
आरोग्य होस् या कष्टकर यात्रा हात समाउने मन छ ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग १२

मनमा शान्ती भए आजै हात समाउ तिमी
तिम्रो हृदय भएदेखि रात जमाउ तिमी
जानू पर्दैन तिमी नजिक माया भएदेखि
समुन्द्र पारी गए पनि नाम कमाउ तिमी
दिल भित्र माया भए त्यसैमा रमाउ तिमी ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।

पञ्चाङ्ग १३
मायाले दिएको साथ अति प्यारो
समाएको दुई हात कति प्यारो
दुई बीचमा कोही पनि हुदैनन्
गरिएको सबै बात गति प्यारो
स्नेहपूर्ण फूलपात जति प्यारो ।

#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग १४

प्रेमले भेटेको दिन कस्तो होला
सारङ्गी रेटेको दिन कस्तो होला
मिलेपछि आज दिलसँग दिल
भावना फेटेको दिन कस्तो होला
तिर्सना मेटेको दिन कस्तो होला ?

– आर्त अकुलीन

पञ्चाङ्ग १५

माया प्रेममा अडिएको संसार हाम्रो
प्रकृती सुन्दर जिउँने आधार हाम्रो
चट्टान पनि पगाल्दिनेरैछ मायाँ ले
एक आर्कामै सीमित व्यवहार हाम्रो
गर्छ प्रेम दुनियालाई निखार हाम्रो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १६
दिगो नाता बनाउन लगाउँछु दिलो ज्यान मैले
गर्ने छु है हरपल आफ्नो शिरको सम्मान मैले
बाराहारको काठ तिमी बाहिरी डुलि हिडे पनि
हो ईज्जतमा दाग अाको सुन्न चहान्न घान मैले
सहनु छैन समाजमा ईज्जतको नोक्सान मैले ।

सीमा कार्की समर्पण
मेलचोक पर्सा

पञ्चाङ्ग १७

मायामा गरिएको मिठो बात राम्रो
दुःख र सुखमा दिएको हात राम्रो,
तिमी बिना म अधुरो नै हुन्छु पृय,
दुबैको साथ र मायाको खात राम्रो
तिमी र म भए, लाग्दैन जात राम्रो ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १८

प्यारको डोरो के सारो कस्यो पिरती लाउँदा
मायाको भाव मनमा पस्यो पिरती लाउँदा
एकान्त गइ प्रेमित दुई हृदय साटौँन
रिस र राग भुइँमा खस्यो पिरती लाउँदा
शीतल सौम्य दिलमा बस्यो पिरती लाउँदा ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १९

रात दिन नभनी भेट्नलाई बेसी झर्छन् कति कति
आशा देखाएर स्वार्थ लुट्ने माया गर्छन् कति कति
आफुलाई साँचो मायामा धोका दिएको उजुरी बनाएर
जीवन रहेसम्म मायाकै केस लड्छन् कति कति
अचेल त्यही मायाकै लागि अकालमै मर्छन् कति कति ।

मनोज राना सल्यानि

पञ्चाङ्ग २०

समुद्र भित्रको टापुमा माया लाएर चिनो दिउँला
एकान्त वार्ता मन तिम्रो थाहा पाएर चिनो दिउँला
जिन्दगीभरी हातमा हात साथमा साथ तिमीलाई
देश पर्देश गएँ भने पनि आएर चिनो दिउँला
देवता भाकी बाचा र कसम खाएर चिनो दिउँला ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग २१

यो मायाले गरेको मधुर बात प्यारो लाग्छ
गुलाफ जस्तै कोमल तिम्रो हात प्यारो लाग्छ
मैन पो सकिन्थ्यो माया बलेर सधैँ उज्यालो
तिम्रै समीप बस्न पाउँदा रात प्यारो लाग्छ
किन सबलाई यो मायाको जात प्यारो लाग्छ ।

श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...