Tuesday 29th September 2026

चीनमा सडक भासिएर मर्नेको संख्या ३६ पुग्यो


दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । दुर्घटना मिचोउ पहाड नजिक बुधबार मध्यराति २ बजे भएको थियो जसमा सडकको एउटा लेनको ५८.७ फिट भूभाग खसेको थियो ।

राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रुहरू सवार सवारी साधनहरू तल झरेका थिए । बुधवार बिहान करिब २ बजे राजमार्गको ५८.७ फिट लामो खण्ड भत्किएपछि खसेका २३ वटा सवारीसाधन फेला परेको मेइझोउ सहर सरकारले जनाएको छ । अन्य तीस जना घाइते भएका थिए, तीमध्ये कसैको पनि ज्यान जोखिममा थिएन, सरकारी विज्ञप्तिमा भनिएको छ। घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा लागेका थिए । चीन सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ ।

दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गले क्वाङ्तोङलाई फुचियान प्रान्तसँग जोड्छ । चीनमा मजदुर दिवसमा चार दिन बिदा हुन्छ र देशका अधिकांश राजमार्गहरू टोल फ्री छन् । यसका कारण सवारीसाधन बढी दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।

https://www.wlwt.com/article/fatal-highway-collapse-china/60665346


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...