Thursday 14th May 2026

बबिना र तेरेसाको स्वरमा ‘फूल जस्तै हामी नानी’ सार्वजानिक (भिडियो सहित)


फूल जस्तै हामी नानी हामीजस्तै फूल
फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल…

यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन् । एरावती प्रकाशनबाट प्रकाशित ‘मेरो प्यारो नेपाली’ विषय अन्तर्गत कक्षा ७ को पाठ्यक्रममा समावेश रहेको ‘फूल जस्तै हामी नानी’ शीर्षकको गीत यति बेला संगीत र स्वाराङ्कन भएर सार्वजानिक भएको छ । बबिना भट्टराईको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन, चन्द्र चौधरीको मिक्सिङ र माष्टरिङ तथा बबिना भट्टराई र तेरेसा विश्वकर्माको स्वर रहेको ‘फूल जस्तै हामी नानी’ को भिडियो ‘सृजना र सेरोफेरो’ युट्युब च्यानलबाट सार्वजानिक गरिएको हो ।

विविध विषयमा गीति रचना गर्ने गीतकार प्रकाश सुवेदीका राष्ट्रियता, बाल मनोविज्ञान, प्रेम, वियोग, जीवनका यथार्थता तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अन्य गीतहरु यो भन्दा अघि सार्वजनिक भइसकेका छन् भने चलचित्र र टेलिशिरियल मार्फत पनि उनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आइरहेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुमा समेत आवद्ध रहेका उनी गीत, संगीतको क्षेत्रमा अब्बल गीतकार मानिन्छन् । उनले गीत संगीतको माध्यमबाट धेरै अवार्ड तथा पुरस्कारहरु प्राप्त गरिसकेका छन् ।

‘फूलजस्तै हामी नानी’ बाल गीत कि बाल गायिका तेरेसा विश्वकर्मा गायन क्षेत्रमा आँफूलाई अघि बढाउदै गरेकी बाल प्रतिभा हुन् भने बबिना भट्टराईले नेपाली संगीतको क्षेत्रमा गायनको साथसाथै संगीतको माध्यमबाट पनि आँफूलाई अब्बल सावित गरिसकेकी छिन् । ’हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

गीत
फूलजस्तै हामी नानी हामीजस्तै फूल
फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल
कहिले ओल्लो डालीमा त कहिले पल्लो डाली
पुतलीको चाल हेर्दै मक्ख पर्छ माली
फूलकै रस चुसेर नै मौरी मह भर्छ
घारभित्र मह देख्दा आफै दङ्ग पर्छ ।
मौरीजस्तै उद्यमी र परिश्रमी बनौँ
हामी हिँड्ने गोरेटो नि अब आफैँ खनौँ
कमिलाझै सधैं सिकौं एकजुट हुन
एकजुट भयौं भने पर्ने छैन रुन

भिडियो हेर्नुहोस्ः


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...