Thursday 19th March 2026

भयाबह गर्मीको संकेत के हो ?


तोयानाथ उपेक्षित – संसारभर नै मौसम अति तातो भईरहेको बेला कुवेतको त कुरै नगरौ । तातोमा तातो चिसोमा चिसो यहाँको मौसमले रेकर्ड तोडिसकेको छ र यो अवस्था अझै भयावह हुने आंकलन गरिएको छ । जुन महिनाभरीमा यहाँको रेकर्ड गरिएको तथ्यांकमा एक रुपता नभए पनि ६४ डिग्रि सम्म मापन गरिएको छ र जुलाई र अगष्ट मा सूर्यको सिधा मुनी ८० डिग्रि सम्म पुग्छ भनिदैछ । यो अनुमान सत्य नहोस र त्यतिको तापक्रम नपुगोस भनि कामना गरौ । कुवेत यसै पनि संसारकै सवै भन्दा गरम हुने देशमा पर्दछ । खाडी राष्ट्रमा गर्मी सिजनमा खासगरी जुन १५ देखि सेप्टेम्बर १५ सम्म आउट डोर काममा लगाउन विहान ११ बजे देखि ४ बजे सम्म प्रतिबन्ध लगाईएको छ ।

यसो त फ्रान्सलाई सहारा मरुभूमिको तातो हावाले विचलित बनाईरहँदा संसारका ठुला मिडियाहरुले ती भन्दा ठुला समाचार बनाईरहेका छन । युरोप उसरी नै तातिएको छ । नेपालको हिमालमा हिउँको लेएर माथि सरेको छ भारतको चेन्नाईमा पानीको ठुलो हाहाकार मच्चिएको छ ।

कुरा तापक्रम कति डिग्रि पुग्यो भन्ने होईन ? यसरी तापक्रम बढदै जाने हो भने पृथ्वीमा मानिस वा जीवको आयु अव कति हुने भन्ने चिन्ता आम मानिसको सरोकारको विषय हो । ग्लोवल वार्मिङ घटाउने अन्तराष्ट्रिय प्रयासहरु विगत देखि हुँदै आए पनि त्यसको उति प्रभावकारी कार्यन्वाईन हुन नसक्नुले अब यो धर्ति कतै विनासको चरणमा त छैन भन्ने आशंकालाई मलजल नै गरेको छ । दक्षिणी गोलार्धमा जमिन मुनीको जल सतह घटदै जाने र माथिल्लो सतह खण्डहर हुने क्रम जारी छ भनिन्छ अब को ५० बर्ष पछि दक्षिणी गोलार्धको आधा भूभाग मानिस बस्नका लागि लायक हुने छैन ।

उत्तरी र दक्षिणी ध्रुबका किनाराहरू गर्मिको कारण पग्लदै छन । हिउँका ठुला ठुला पहाडहरुमा भूक्षय निरन्तर जारी छ जसले गर्दा समुन्द्री सतहमा रहेका मुलुक डुब्ने खतरामा छन । ठुला शक्ति राष्ट्रहरुको आणविक प्रतिस्पर्धा, ओजन तहमा कार्वनडाई अक्साईडको बढ्दो चापले हाम्रो आकाश पनि असुरक्षित बन्दै गएको छ । अम्लिय वर्षाको खतरा बढदै जाँदा पृथ्वी माथिको जोखिम सवैतिरबाट बढने निश्चित छ । गरिब मुलुकहरु धनी राष्ठ्रको राक्षसी नीतिको शिकार हुन थालेका छन ।

खाडी राष्ट्रमा रहेका तमाम घरका छानामा राखिएका एसीका ईन्जिनहरुमा आगो लाग्न बाँकी छ सडकमा गुड्ने ईन्जिनहरु त दिनहु जलिरहेका छन । यहि अवस्था रहने हो भने केही बर्ष पछि खाडी राष्ट्र खाली हुने खतरामा पुग्ने छन । गरिब नेपाल जस्ता देशहरुमा प्रचण्ड गर्मी सगै उत्पन्न बिशाक्त खाध्य र विशालु जिव तथा रोगको भयावह अवस्था आउने निश्चित छ । केही वर्षयता तराईमा भईरहेको डेंगु आतंक र पहाडमा मच्छडको स्थानान्तरणको संकेत बुझ्न गाहो छैन ।

बेमौसमी वर्षात, आँधी, चट्यांग, बाढी, भुकम्प लगायतको दैवी प्रको ले पनि पृथ्वीको सन्तुलनमा आईपरेको खतराको संकेत दिई नै रहेका छन । यसै होईन महान बैज्ञानीक स्टेफिन हकिंसले भनेका छन अब को १,००० देखि १०,००० बर्षमा पृथ्वीको आयु समाप्त हुदैछ । बेलैमा मानिसको अस्तित्व बचाउने हो भने ब्रह्माण्डमा रहेका अनुकुल ग्रहको खोजी गरेर रवाना हुन पर्दछ ।
गर्मीबाट बचौं स्वास्थ्यको ख्याल गरौं ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...