Monday 22nd June 2026

पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस मनायो


नारायण कोइराला – पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म जयन्ती तथा शास्त्रकवि माधवप्रसाद देवकोटा १२२ओैं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवर हुनुहुन्थ्यो । कार्यक्रमको समुदघाटन गर्दै प्रमुख प्रमुख अतिथिले,” पाल्पाको भाषा कला संस्कृति साहित्यको बिकासमा पाल्पा साहित्य समाजको योगदान उल्लेखनीय रहेको ” बताउनु भयो ।

कार्यक्रममा समाजसेवी लेखक बुद्धि प्रसाद शर्मालाई भैरवतुल्सी सिंह स्मृति पुरस्कार, स्वास्थ्य साहित्यिक लेखक प्रा. डा. प्रकाशराज रेग्मीलाई आदिकवि छबिलाल नेपाल प्रतिभा पुरस्कार ,साहित्यकार रामप्रसाद अर्यालाई अथक रेग्मी साहित्य पुरस्कार, छन्दकवि होमनाथ काफ्लेलाई गणेशकेशवलक्ष्मी स्मृति स्रष्टा सम्मान र समाजसेवी प्रमी श्रेष्ठलाई राधाइन्द्र समावसेवा सम्मान समर्पण गरिएको थियोे । समाजले स्थापनाकालदेखि नै विभिन्न व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान समर्पण गर्नुका साथै कृति प्रकाशन लोकार्पण र विमर्श समेत गर्दै आएको छ ।

कार्यक्रममा छविलाल नेपाल, माधवप्रसाद देवकोटा र पाल्पा साहित्य समाजको योगदानबारे जानकारी गराउनुका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा लिखित कृति ‘ मुटुका कुरा ‘ को विमर्श सम्पन्न भएको थियो । कृतिको विमर्श नेपाल परिवार नियोजन संघ पाल्पाका प्रमुख शोवाकान्त न्यौपानेले गर्नु भएको थियो । समीक्षक न्यौपानेका अनुसार कृति पठनीय र मननीय रहेकोले मुटुरोगी र सरोकारवालाहरू सबैका लागि स्वास्थ्य खुराकको रूपमा रहेको छ । बिरामीले खोजेका प्रश्नको उत्तर कृतिभित्र रहेकोले पठनीय रहेको छ ।

कार्यक्रममा साहित्यकार स्वास्थ्यकर्मी एवं सम्पूर्ण संघसंस्थाको तर्फबाट साहित्यकार गणेश नेपाली, पत्रकार भोजराज भट्टराई,सम्मानित व्यक्तित्वहरू प्रमी श्रेष्ठ, होमनाथ काफ्ले, रामप्रसाद अर्याल,प्रा.डा. प्रकाशराज रेग्मी ,बुद्धिप्रसाद शर्मा, पासासका संरक्षक राजेन्द्र गोपाल सिंहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
पुष्कर अथक रेग्मीको अध्यक्षता, पासासका सल्लाहकार चित्रवलीराम सुवालको स्वागत,कोषाध्यक्ष पुरूषोत्तम अर्यालद्वारा सम्मानित व्यक्तित्वहरूमाथि प्रकाशसंगै संस्थाको गतिविधिमाथि प्रकाश र सचिव सबिता भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...