Monday 12th October 2026

नेपाल पत्रकार महासंघ कुवेत शाखाद्वारा पत्रकार धामीको उपचारका लागि आर्थिक सहयोग


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको दीर्घरोग उपचार सहयोगार्थ महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल र कोषाध्यक्ष रामकृष्ण अधिकारीको उपस्थितिमा महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा नेपाली रूपैयाँ पच्चीस हजार हस्तान्तरण गरिएको हो।

कुवेतमा कार्यरत नेपाली पत्रकारहरूमार्फत प्राप्त सहयोग रकम केन्द्रीय समितिमार्फत हस्तान्तरण गरिनेछ । उक्त सहयोग रकम महासंघका वैदेशिक शाखा अध्यक्ष एकराज मल्ल र सदस्य प्रेमकुमार जिमीसमेतको टोलीले प्रतिनिधित्व गर्दै प्रदान गरेका थिए।

कुवेत शाखाको टोलीले महासंघको केन्द्रीय कार्यालयमा शाखाका हालसम्मका गतिविधि तथा वार्षिक प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा कुवेतस्थित नेपाली पत्रकारहरूको सक्रियता, विभिन्न कार्यक्रमहरूको विवरण र आगामी योजनाहरू समेटिएका छन्। अध्यक्ष मल्लले प्रतिवेदन हस्तान्तरण गर्दै वैदेशिक शाखाले नेपाली पत्रकारिताको प्रवर्द्धनमा निरन्तर योगदान दिइरहेको बताए। “हामीले कुवेतमा नेपाली समुदायका लागि परोपकारी पत्रकारितामार्फत जागरण फैलाउने काममा जोड दिएका छौं,” मल्लले भने।

केन्द्रीय अध्यक्ष शर्माले सहयोग र प्रतिवेदनका लागि धन्यवाद दिँदै वैदेशिक शाखा कुवेतको योगदानको प्रशंसा गरिन्। उनले कुवेत शाखाको यस पहलले महासंघभित्रको एकता र पारस्परिक सहयोगलाई अझ मजबुत बनाएको उपस्थित सञ्चारकर्मीहरूको उपस्थितिमा बताइन्।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...