Wednesday 15th May 2024

मलेसियामा सांगीतिक कार्यक्रम गर्न गएका नेपाली कलाकारहरू पक्राउ


तितोपाटी – इदको अवसर पारेर मलेसियामा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गएका नेपाली कलाकारहरु पक्राउ परेका छन् । साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया पुगेका कलाकारहरुलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपालबाट गएका कलाकारहरू समेत छन् । एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट गएका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बे सहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका हुन् ।

मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट गएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउँदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको छ भने कार्यक्रम स्थलमै प्रहरीले छापा मारेपछि उपस्थित दर्शकहरु समेत त्रसित बनेका छन् ।

पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको छ । मलेसियामा साङ्गीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।  तर नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ । तर प्रक्राउ गर्नुको कारण भने खुलाइएको छैन ।


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...