Friday 2nd October 2026

मलेसियामा सांगीतिक कार्यक्रम गर्न गएका नेपाली कलाकारहरू पक्राउ


तितोपाटी – इदको अवसर पारेर मलेसियामा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गएका नेपाली कलाकारहरु पक्राउ परेका छन् । साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया पुगेका कलाकारहरुलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपालबाट गएका कलाकारहरू समेत छन् । एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट गएका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बे सहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका हुन् ।

मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट गएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउँदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको छ भने कार्यक्रम स्थलमै प्रहरीले छापा मारेपछि उपस्थित दर्शकहरु समेत त्रसित बनेका छन् ।

पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको छ । मलेसियामा साङ्गीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।  तर नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ । तर प्रक्राउ गर्नुको कारण भने खुलाइएको छैन ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...