Thursday 24th September 2026

खुमन अधिकारीको कार्यक्रमको लागि इनासले निःशुल्क बसको ब्यवस्था गर्ने


तितोपाटी – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रम हेर्न अाउने दर्शकको लागि यातायातको व्यवस्था गरेको जनाएको छ । इनास कुवेतका अध्यक्ष डोलराज न्याैपानेले तितोपाटी डट कम संग कुरा गर्दै चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय कलाकार खुमन अधिकारीको विशेष सांगितिक प्रस्तुति रहने उक्त सांगितिक कार्यक्रम स्थलसम्म अाइपुग्नको लागि  दर्शकहरूलाई सहज होस भनि अायोजकले निःशुल्क बस सेवाको ब्यवस्था गरेको जनाएका छन् । इनास कुवेतले हवाली स्थित ब्वाइट स्काउट एसशिएसनको थिएटरमा सो कार्यक्रम गर्न लागेको हो ।

४ जनवरी २०१९ शुक्रवार को दिन ११ बजे देखि शुरू हुने उक्त कार्यक्रमको लागि इनास ुकवेतले दक्षिण तर्फका बस्तीहरू फाहाहिलको ग्र्याण्डहाइपरबाट बस छुट्नेछ भने मंगाफको राउण्ड अबाउट हुँदै अबुहलिफा राउण्ड अबाउट  माहबुला सि साइड फिन्टास हुँदै हवाली सम्म जाने बसको ब्यवस्था गरेको जनाएको छ भने जिलिब पानी ट्यांकी अव्बासिया फरवानिया हुँदै हवाली सम्म जाने बसको ब्यवस्था गरेको छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको भन्दै कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायक खुमन अधिकारीले धमका मच्चाउने छन भने कुवेतमै कार्यरत रहेका नेपाली कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गर्नेछन् । अतिथि कलाकार खुमन अधिकारी बिहिबार बिहान ५ बजे फ्लाइ दुबइको उडान मार्फत कुवेतको शेख शाद अल अब्दुल्लाहा बिमानस्थलमा आइपुग्ने बताउँदै उक्त समयमा कुवेतवासी सम्पुर्ण नेपालीहरूलाई अतिथि कलाकारको स्वागतका लागी उपस्थित हुन आयोजकले अनुरोध  गरेको छ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भए संगै कुवेतमा रहेका नेपालीहरुमा उक्त कार्यक्रमलाई लिएर निकै उत्साह छाएको अध्यक्ष न्यौपानेले तीतोपाटीलाई बताएका छन। कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उक्त दिन उपस्थितिको लागि इनास कुवेतले हार्दिक निमन्त्रणा गरेको छ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...