Sunday 4th October 2026

कुवेतमा सबारी दुर्घटनामा नुवाकोटका सन्त बहादुरको मृत्‍यु


हरि कृष्ण न्यौपाने- नुवाकोट बेलकोट गढी नपा-१३ घर भई कुवेतमा सबारी चालकको रुपमा कार्यरत सन्त बहादुर तामाङको सडक दुर्घटनामा मृत्‍यु भएको छ।हिजो डिसेम्बर २२ तारिक, शनिबार,२०१८का दिन आँफैले चलाएको गाडी ठोक्किएर कुवेतको ३० नं सोइबा रोडमा सन्त बहादुरको मृत्‍यु भएको हो । 

कल्याणकारी नेपाली यूबा समाज कुवेतका उपाध्यक्ष तथा मृतक संगै एकै कम्पनीमा काम गर्ने प्रदिप कार्कीले तितोपाटी डट कम सँग भने “सन्त बहादुरले आँफैले चलाएको गाडी अनियन्त्रित भएर ठोक्किए पछीको सडक दुर्घटनामा उनको मृत्‍यु भएको हो ।हिजो दिउसो करिब २:३० बजे सबारी दुर्घटनामा परेका उनलाई कुवेत प्रहरीको सहयोगमा कुवेतको अदान अस्पातलमा पुर्याइएकोमा साँझ ६ बजे तिर डाक्टरले उनलाई मृत घोषित गरेका थिए। उनले थपे “सबै संग मिलनसार सन्तबहादुरको आकास्मिक निधनले हामी साथीभाइ तथा मृतकको परिवार भावविव्हल छौ।” 

नेपाली दूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कम भने, ” मृतक  सन्तबहादुर तामाङको पासपोर्ट तथा अन्य कागजात दुताबासले प्राप्त गरी सकेको र उनको शव पठाउने प्रकृया शुरु गरिसकिएको छ। मृतक कार्यरत कम्पनी संग समन्वय गरेर शवलाई छिट्टै पठाइने तथा सडक दुर्घटना बिमाका लागि परिवारको मन्जुरीनामा लिएर प्रकृया अगाडि बढाईने छ। 

सिटीबस कम्पनी हुँदै बिगत ३ वर्ष देखी एसीको (ACICO) कम्पनीमा कार्यरत राहदानी नं- ०६०५८४२२ का मृतक सन्त बहादुरको घरमा २ छोरी,१ छोरा र श्रीमती रहेका छन। 

 


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...