Saturday 15th August 2026

सरकारले छिट्टै नै कतार, युएइ र अोमानसँग पनि श्रम सम्झाैता गर्ने


तितोपाटी – वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको हित हुने गरि कतार, युएइ र अोमानसँग पनि छिट्टै नै श्रम सम्झाैता गरिने भएको छ । हिँजो सोमबार मात्रै मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देशसँग पनि त्यस्तै सम्झौता गर्न लागिएको जनाएको हो । नेपालले वैदेशिक रोजगारीका निम्ति झण्डै सयवटा देश खुला गरे पनि पहिलो चरणमा बढी कामदार जाने १२ वटा देशमा उचित पारिश्रमिक र सेवा-सुविधासहितको श्रम सम्झौता गरिने सरकारको भनाइ छ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने व्यवस्था लागु गरे पनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसकिरहेका बेला श्रम सम्झौतामार्फत् नै त्यसलाई व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको बताएको छ।

सोमवार मलेसियासँग यस्तै विषय सुनिश्चित गर्ने गरी सम्झौता गरेको सरकारले थप तीनवटा देशसँग पनि श्रम सम्झौता गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए। उनले भने, “आगामी हप्ता यसै विषयमा छलफल गर्न कतारको सरकारी टोली आउँदैछ भने अर्को महिना नेपाली टोली कतारमा गएर छलफल गर्नेछ।” “ओमानका लागि प्रस्ताव पठाइएको छ। उसले पनि प्रतिक्रिया पठाएको छ जसलाई अन्तिम रूप दिने तयारीमा छौँ। युएईसँगको श्रम सम्झौतालाई आदानप्रदान गर्दैछौँ।”

यस्ता सम्झौताले रोजगारीमा कामदार जाँदा तिर्नुपर्ने खर्चदेखि त्यहाँ काम गर्दाको सेवा-सुविधा र सुरक्षा समेत सुनिश्चित गर्ने बताइएको छ। सरकारले रोजगारीका निम्ति खुला गरेका झण्डै एक सय देशमध्ये पहिलो चरणमा धेरै कामदार जाने एक दर्जन देशसँग श्रम सम्झौता गर्ने लक्ष्य लिएको मन्त्री विष्टले बताए। उनले भने, “करिब एक दर्जन देशमा सेवा, सर्त, सुविधा लगायतका व्यवस्था प्रस्ट गर्न सक्यौँ भने धेरै नेपाली श्रमिकको हितको रक्षा गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौँ। त्यसैअनुसार अरू देशसँग पनि श्रम सम्झौता गर्ने गरी अगाडि बढदैछौँ।”

देशको अर्थतन्त्र र वैदेशिक मुद्रा सञ्चितिमा वैदेशिक रोजगारीबाट आउने विप्रेषणको ठूलो योगदान रहने गरेको छ। तथ्याङ्क अनुसार नेपालबाट दैनिक झण्डै १,५०० कामदार वैदेशिक रोजगारीका निम्ति जाने गरेका छन।


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...