Saturday 18th May 2024

कुवेतमा एक नेपाली घरेलु महिला कामदारद्वारा झुण्डिएर अात्महत्या


हरि कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत ४१ बर्षिया दिल माया राइले आफुले काम गर्ने घरमा झुन्डिएर आत्महत्या गरेकी छन। राइले हिँजो अक्टोबर २, मंगलबार,२०१८ का दिन कुवेतको जाहारा भन्ने स्थानमा अाफु कार्यरत घरमै आत्महत्या गरेकी हुन।

नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तितोपाटी डट कमसंग भने “आफु काम गर्ने घरमै झुन्डिएर आत्महत्या गरेकी भनिएकी दिलमाया राइको बारेमा अन्य जानकारी आउन बाँकी छ। उनको नेपालको ठेगाना, अन्य जानकारीहरु र राहदानी समेत दूतावासमा आउन बाँकी रहेको र प्रहरीले आत्महत्याको बारेमा प्रारम्भिक जानकारी मात्र गराएको हो। लिङ्देनले थपे” प्रहरी तथा सम्बन्धित निकायले आत्महत्याको बारेमा बृस्तृत अनुसन्धान गरी रहेको छ भने दूतावासले पनि आबश्यक कानुनी प्रकृयाका लागि काम शुरु गरिसकेको छ।”

दशैंको मुखमै आएर विदेशको ठाउँमा दिल मायाले आत्महत्या गर्नुको कारण भने प्रहरी र सम्बन्धित निकायले छानबीन गरे पछि मात्र पत्ता लाग्नेछ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...