Tuesday 6th October 2026

प्रवासी नेपाली एकता मञ्च ओमनले दशै, तिहार र छठ पर्वको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम गर्ने


तितोपाटी – नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वको  अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बांड्न भर्खरै एकता प्रक्रियामा अगाडि बढेको नेकपा समर्थित संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले “बृहत साँस्कृतिक  कार्यक्रम”आयोजना गर्ने भएको छ ।

कलाकार अमृता लामिछाने तथा गायक तिलक परियारको बेजोड प्रस्तुती संगै बडा दशैं बिशेष कार्यक्रमको आयोजना गरिएको प्रवासी नेपाली एकता मञ्च ओमनका कार्यदल सदस्य उमेश विश्वकर्माले जानकारी दिनु भयो ।


अमृता लामिछाने र तिलक परियारको बेजोड प्रस्तुती संगै दोहोरी घम्साघम्सी हेर्न कार्यक्रममा सहभागी हुन नेपाली एकता मञ्च ओमनका कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठले ओमनमा रहनु भएका  नेपालीहरु सबैमा कार्यक्रममा उपस्थित भै मनोरञ्जन लिन पनि अनुरोध गर्नु भयो ।

ओमनमा कृयाशिल सम्पुर्ण संघ – सस्थाका प्रतिनिधि , बुद्धिजीवी , समाजसेवी , व्यवसायी , मिडिया, पत्रकार लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यसै समाचारलाई आधार मानी उपस्थिति जनाइ दिनु हुन नेपाली एकता मञ्च ओमन हार्दिक विनम्र अनुरोध गर्दछ ।

कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रम १९ तारिख शुक्रबार अलमासाहल रुबिमा आयोजना हुन लागेको हो कार्यक्रम बिहान ११ बजे देखि शुरु हुने नेपाली प्रवासी एकता मञ्च ओमनले जनाएको छ ।

सम्पर्कको लागि : उमेश विश्वकर्मा- 00968-95603746, सोम कृष्ण श्रेष्ठ- 00968-95643050 रन्जित आचार्य – 00968-97207316 हेमा श्रेष्ठ 00968-95357021 ,
राम हरि गिरि – 0098- 94549278 , सन्तोष कटुवाल – 00968-96162124,  पुर्ण विश्वकर्मा- 00968-94197812,  गणेश पाण्डे – 00968-92072279 र विष्णु चौलागाईं – 94082832


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...